एमाले कर्णाली अधिवेशन : ३०० मतगणना हुँदा शाह १८० मतको अग्रता कायमै

सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहको अग्रता कायमै रहेको छ ।

३ सय मत गणना हुँदा शाहले १८० मतसहित अग्रता कायम गरिरहेका छन् भने अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले १०२ मत प्राप्त गरेका छन् । त्यस्तै अर्का अध्यक्ष पदका उम्मेदवार दिपक रोकायाले ३ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षका उम्मेदवार टेकराज पछाइले १६८ मत प्राप्त गरेर अग्रता लिएका छन् भने उपाध्यक्षका अर्का दुई उम्मेदवार लाल बहादुर महतराले ९६ मत र दानसिंह परियारले २२ मत पाएका छन् ।

त्यसैगरी सचिव पदका उम्मेदवार ध्रुव शाहीले २०७ मतसहित अग्रता लिइरहेका छन् भने सचिवका अर्का उम्मेदवार रुद्र शाहीले ७७ मत पाएका छन् ।

उपसचिव पदमा रवीन्द्रराज शर्माले १३९, रमेश वहादुर शाहीले १२५, पद्मा खड्का ७१ र मेनका पछाईले ३६ मत प्राप्त गरेका छन् ।एमाले कर्णाली अधिवेशन अन्तर्गत आइतबार भएको मतदानको मतगणना सोमबार भएको हो ।

Post a Comment

Previous Post Next Post