स्तानपान सम्बन्धि महिलाको अबस्थाबारे विद्यार्थीको अनुसन्धान

सुर्खेत : आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दुध चुसाउने क्रियाकलापलाई स्तानपानलाई महिला अवस्थाबारे अनुसन्धान गरिएको छ । 

मध्यपश्चिम विश्वविद्यालयको मानविकि संकायको समाजशास्त्र मास्टरका विद्यार्थीले सुर्खेतको वीरेन्द्रनगर स्थित वडा न. ९ कालिमाटि टोलमा स्तानपान सम्बन्धि महिलाको अबस्थाबारे स्थलगत अनुगमन गरेका छन । 

बच्चा जन्मेपछि आफ्नो सन्तानलाई स्तानपान गर्ने, गराउने चलन संसारभरिनै छ । तर अहिले महिलाले आफ्नो शरिर र स्तन बिग्रने चिन्चाले सन्तानलाई स्तानपान गराउन छोडेको छन । 

गर्भमा रहेको शिशुले आफ्नो आमाले खाएको खानाबाट नै पौष्टिक तत्व पाएर हुर्कन्छन् । गर्भधारणदेखि नै आमाले दिनहुँ खाने साविक खानाका साथै एकपटक थप पौष्टिक तथा सन्तुलित खाना खानुपर्छ । तर अहिले मानिसहरु कामको सिलशिलामा वा शरिर विग्रने डरमा बच्चालाई दुध खुवाउन छाडेका छन । तर कालिमाटी टोलमा भने सबै आमाहरुले आफ्ना बच्चाबच्चीलाई भने ६ वर्ष सम्म पनि दुध खुवाईरहेका छन ।

 कालिमाटी बस्तीमा ११० घरधुरीमा कुल जनसंख्या ७०० रहेको स्थलगत अनुगमनले जनाएको छ ।   जसमा ४० घरको अनुगन गर्दा २९ जना महिलाले अहिले सम्म पनि बच्चालाई दुध खुवाईरहेका छन । 

स्तनपान गराइरहेकी महिलालाई स्थानीय स्तरमा विभिन्न खाद्यवस्तुहरु (१. अन्न वा जमिन मुनी फल्ने कन्दमूल, २. गेडागुडी, तेलहन, बियाँ र , ३. दूध तथा दूग्ध पदार्थ, ४. मासु÷माछा, ५. अण्डा, ६. भिटामिन ए पाइने फलफूल  र तरकारी जस्तै ९ पाकेको मेवा, आँप, सुन्तला, गाजर र फर्सी, तथा ७. अन्य फलफूल तथा तरकारी) मध्येबाट कम्तिमा ४ समूहका खानेकुराहरु खुवाउनु पर्दछ। सबै खाना समूहबाट विविध खाना खानाले सुत्केरी अवस्थामा सुक्ष्म पोषक तत्वको कमीबाट टाढा रहन सकिन्छ । 

 
कर्णाली प्रदेशमा ४० प्रतिशत महिला शिशु जन्मेको एक घण्टा भित्र स्तनपान गराउने गरेका छन् ।  बहुसुचक सर्वेक्षण सन २०१९mका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी ह्ुने ६२ प्रतिशत मध्ये जन्मेको एक घण्टामा ४० प्रतिशतले स्तानपान गराउने गरेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । 

६ महिना सम्म आमाको दूध मात्र खुवाउने ६८ प्रतिशत रहेका छन,जुन राष्ट्रिय औषत ६२ प्रतिशत भन्दा बहिसिलाई ६ महिना सम्म आमाको दुध मात्र खुवाउने तथ्यांकमा कर्णाली मधेश प्रदेश अन्य प्रदेशलाई नेका छन। नेपालमा ६२ प्रतिशत महिलाहरुले शिशुलाई जन्माएको ६ महिना सम्म आमाको दूध मात्र खुवाउने गर्दछन । वहसुचक सर्वेक्षण २०१९ से शिशु जन्मेको एक घण्टा मित्र स्तनपान गराउनेको संख्या वागमति र गण्डकि भन्दा कर्णालिमा बढिरहेको जनकारी दिए उनले स्वास्थ्य सेवा ऐनले शिराने शिशुको स्तनपानको अधिकार सुनिश्चित गर्नुका साथै आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुको विकिवितरणमा नियमनको प्रबन्ध गरेको बताए ।  

मध्यपश्चिम विश्वविद्यालय मानविकि संकायको समाजशास्त्रमा अध्ययनरत मास्टर चौथो सेमेस्टारका ३८ जना विद्यार्थीले सुर्खेत वीरेन्द्रनगर ९ लाटिकोहलीको कालीमाटी टोलमा स्थलगत अनुगमन गरेका हुन ।  

  मध्यपश्चिम विश्वविद्यालयको मानविकि संकायको समाजशास्त्र प्रध्यायपक डा. आनन्द प्रसाद सुवेदीले समाजका कार्य गर्दा समाजको यर्थाथ घटनालाई समावेश गरि बाहिर ल्याउनको लागि यो अनुगमन गरेको बताए । अनुगमनका विद्यार्थीलाई थेसिस लेख्नलाई पनि सहयोग पुग्ने भएकाले अनुगमन गर्न आवश्यक रहेको जानकारी दिए ।

मध्यपश्चिम विश्वविद्यालयको मानविकि संकायको समाजशास्त्रका विभागिय प्रमुख वेद प्रकाश ढकालले विद्यार्थीलाई स्थलगत अवलोकनको सिकाई हुने भएकाले अनुसन्धान गरेको बताएका छन । स्थानियबारे व्यवहारिक ज्ञान सिक्नको लागि फिल भिटिज गर्नुका साथै समाजको आवस्यकता र अवस्थाबारे जानकारी लिनमा प्रेणा मिल्ने भएकाले स्थलगत अनुगमन गरेको विभगिय प्रमुख ढकालले जानकारी दिए ।

समाजको व्यवहारिक अवस्थालाई नजिकबाट निहाल्ने र समाजका यथार्त घटनाकोबारेमा विद्यार्थीलाई जानकारी दिनका लागि अनुगमन गरेको जानकारी जानकारी दिए ।

 

 


Post a Comment

Previous Post Next Post