नागरिकको सुरक्षामै दशै पर्व

सुर्खेत : चाडपर्व आउदा कस्लाई पो रमाउन मन हुदैन र, त्यसै अझ भन्नु पर्दा हिन्दुहरुको महान पर्वको रुपमा मनाइने दशैमा त अझ बढि रमाइलो गर्ने आफ्नो चाहानालाई मारि जनाको सुरक्षा र जनताको सेवामा समर्पित हुन्छन, प्रहरी र पत्रकार कस्लाई कहाँ के भयो  र के हुदै छ भनि सुरक्षा दिन तयार हुन्छ प्रहरी भने त्यसको सही सुचना दिनका लागि पनि पत्रकार सधै काममा नै खटिरहेको हुन्छ ।

चार्डपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ ।  चार्डपर्वको समयमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन् । विदा र घरपरिवार भन्ने हुँदैन । प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो डिआइजी भिम प्रसाद ढकालले जानकारी दिए ।

कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ । घरमा टीका लाउन नपाएको खल्लोपना हराउँछ । फौजको नियमै हो प्रतिकूल र अफ्ठेरो परिस्थितिमा सेवा गर्नु । तर पनि मानवीय स्वभावले चाडपर्वमा घर जान नपाउँदा, विदा नपाउँदा मन खल्लो भइहाल्छ । तर दशैमा प्रहरीको परिवार एक भएर  दशैँ मनाउने गरेको प्रहरीले जानकारी दिए ।

दशैँमा ड्युटीलाई कुनै पनि असर नपर्नेगरी रमाइलो गरेर दशैँ मनाउने गरेको प्रहरीले जानकारी दिए । दसैंमा घरमा जसरि पुजाआजा गरि दशै मनाइन्छ त्यसरी नै हामीले पनि पल्टनमा दशै मनाउने गरेको प्रहरी ढकालले बताएका छन ।

दशैको त्यस्तो विशेष योजना भने केही छैन । पुलिसको अफ ड्युटी हुँदैन । मातहतसँग अल द टाइम जोडिनुपर्छ । त्यसकारण व्यक्तिगत दसैं हुँदैन । विदाको दिन पनि जागिर खाने हो ।  

देशभरीको सुरक्षाको कुरा प्रहरीसंग जोडिएको हुन्छ । यसमै केन्द्रीत हुने हो । ब्यारेकभित्र आ(आफ्नो युनिटले, आ(आफ्नो शैलीमा शान्ति सुरक्षालाई केन्द्रीत राख्दै एकप्रकारको परम्परागत अभ्यासमा दशै मनाउने उनले बताए । दशैमा विषेश अनुगमन तथा परिचालन गरि दशै मनाउने बताएका छन । कर्णालीका हरेक क्षेत्रमा प्रहरी परिचालन गरि खराब खालको प्रविधीलाई नियन्तण गर्ने र जोखिम युक्त ठाँउलाई बचाउ अभियान गर्ने बताएका छन । कर्णालीमा दशै मनाउन आउनेहरुको सुरक्षामा विषेश ध्यान दिने र थप प्रहरी बिट राखे भित्रिने मानिसको सुरक्षा गर्ने योजना बनाएको प्रहरीले बताएका छन ।

लागुऔषध नियन्तणका लागि प्रहरीले सुरक्षित कर्णाली विषेश अभियान बाट १ लाख ८४  हजार घरमा स्टिकर टास्ने काम र लालटिन अभियान सुरु गरेको समेत जानकरी दिए । सुरक्षामै कन्सर्न हुने, दशैँमा ठूला घटना नघटुन भन्ने नै फस्ट प्राइरियोटी हो । आम पब्लिकले ढुक्कसँग दशैँ मनाउन पाउने वातावरण बनाउन सकियो भने दसैं त्यहीँ हो भनि बताए ।

दशँैमा जसरी प्रहरी खटेर नागरिकलाई सुरक्षा दिएको हुन्छन्, त्यसरी नै पत्रकारहरुले पनि सुचनाको अधिकार प्राप्तीका लागि सही सुचना प्रकाशन गर्नेमा सक्रिय भएर  लाग्ने गरेको नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले जानकारी दिए ।

पत्रकारले नागरिकका लागि जनचेतनामुलक सुचना दिनुको साथै चार्डपर्वमा आफ्नो गञ्छेअनुसार मनाउनुपर्ने र कुनै पनि तडक भडक हुने खालको दशै नमनाउन आफ्नो मिडियाबाट सुचना प्रकाशन तषा प्रसारण गर्ने गरेकोसमेत जानकारी दिए । दशैमा अरुको देखासिकी नगरि अरुले जसरी दशैँ मनाउछन त्यसरी नै सामान्य रुपमा दशै मनाउन समेत अध्यक्ष बसेलले अनुरोध गरेका छन । सञ्चारकर्मीले दशैका साथसाथै आफ्नो कामलाई प्राथामिकतामा राखेर दशै मनाउने गरेको महासंघका अध्यक्ष बसेलले जानकारी दिए ।

Post a Comment

Previous Post Next Post