वीरेन्द्रनगरमा विद्युतिय गाडिको विस्तार

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अहिले विद्युतीय गाडिको विस्तार हुदै गएको छ । बिजुलीको प्रयोग गरौँ पेट्रोलको आयात घटाऔँ भन्दै अहिले वीरेन्द्रनगरमा विद्युतीय गाडिको प्रयोग  हुदै आएको हो । पेट्रोलको मुल्य दिनप्रतिदिन बढ्दै जाँदा अहिले धेरै मानिसहरुले यसको प्रयोग गर्दै आएका छन ।  

पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षणकाबीच केवाइसि र किङ्गलग गाडि अहिले नेपाली बजारमा आएको हो । विद्युतीय कार उत्कृष्ट पर्फमेन्स, स्मार्ट र इन्टेलिजेन्ट ड्राभिङ अनि शून्य कार्बन उत्सर्जन क्षमता भएको साझा स्टोरको बिक्रेताले बताएका छन । अत्याधुनिक, उर्जा दक्षता र एरोडाइनमिक डिजाइनयुक्त लुक्सले बलियो ब्राण्डको झलक दिने एसि जडान गरेको हुने बताएका छन ।  

सतप्रतिशत विद्युतीय र शून्य कार्बन उत्सर्जनको मूल उद्देश्य बोकेका केवाइसि र किङ्गलोग चार्जिङले सुर्खेतमा यसको सुविधा दिदै आएको छ । सुर्खेतमा विद्युतिय गाडि भर्खर मात्र विस्तार हुदै गएकाले यसको चार्जिङ सुविधा साझा स्टोर र बसपार्कको ग्यारेजमा मात्र भएको साझा स्टोरका प्रो.मदन  खड्काले जानकारी दिए । यसमा ८ वर्षको ब्याट्री र १ लाख ६० हजार किलोमिटर दूरीको ग्यारेन्टी छ ।

विद्युतिय गाडीलाई एक पटक ६ सयको चार्जिङ गरेपछि २८० किलोमिटरमा चल्ले गरेको उनले जानकारी दिए ।  किङ्गलोग गाडीको चार्जिङलाई ५६ लाख ५५ हजार पर्छ भने, केवाइसि गाडिको चार्जिङलाई ४५ लाख पर्ने उनले जानकारी दिए ।

यस्तै सुर्खेत वीरेन्द्रनगरमा रहेको सिभि टेडिङ्गले पनि विगत एक वर्षदखि विद्युतीय स्कुटरहरु बिक्रि गर्दै आएको छ । विद्युतिय सवारी साधन किन्दाको मुल्य सेम भएपनि यसबाट पेट्रोलको मुल्य भने बचत हुने शिभि टेडिङ्गका प्रो.चरित्र कुमार वि.सीले जानकारी दिए । उनी भन्छन विद्युतिय सवारी साधन प्रयोगमा ल्याउदा धेरै फाइदा हुन्छ यसमा पेट्रोल हाली पैसा खर्च पनि गर्नु पर्दैन, धुवाबाट पनि बच्न सकिने उनले जानकारी दिए । ठाउँ— ठाउँमा चार्जिङको व्यवस्था गरेपछि यसले बजार व्यवस्थापनमा समेत राम्रो हुने बताएका छन । सिभि टेडिङ्गले अहिले सम्म पिवरको स्कुटी मात्र बिक्रि गरेको छ ।

प्रो.विसीका अनुसार अहिलेसम्म पनि देशभरका सडकमा धुवाँ फाल्ने सवारी साधनको राज उस्तै छ । विद्युतीय सवारी साधनका प्रयोगकर्ताको संख्या ज्यादै न्युन छ । ‘विद्युतीय गाडी हेर्न आउनेको संख्या त ह्वात्तै बढेको छ, धेरैले गाडी हेर्नुहुन्छ, मन पनि पराउनुहुन्छ तर मूल्य सुनेपछि निराश बन्नुहुन्छ, उपभोक्ताले विद्युतीय सवारीको सञ्चालन खर्च कति कम पर्छ भनेर हिसाव नगर्दा मूल्यमा बढी गुनासो सुन्नुपर्ने उनले बताए ।

पछिल्लो समय सुर्खेतमा विद्युतिय गाडीले राम्रो इन्कम गर्नुको साथै प्यासेन्जरलाई पनि राम्रो सेवासुविधा दिदै आएको सिजि गुरुपको के वाइ सि गाडिको मालिक तथा गाडि चालक कर्ण वलीले जानकारी दिए । उनी भन्छन २०६६ सालमा डिजेल गाडी किनेर अरुलाई चलाउन दिदाँ डिजेल र मर्मत लागि खर्च बढि हुने गरेको थियो तर अहिले विद्युतीय गाडीको प्रयोग गरेपछि राम्रो हुदै गएको वलीले बताएका छन । आर्मी रिटियर भएर आएपछि विद्युतीय गाडी किनेर आफुनै यसको चालक भएर चलाएको दुई महिना भयो सबैलाई मन पर्ने गाडी अहिले विद्युतीय गाडी भएको उनले बताए । विद्युतीय गाडी चलाउदा स्कर्फि गाडि नै चलाएको फिल हुने उनले बताए । सुर्खेत —नेपालगञ्जका लागि ७ वटा गाडि मात्र सञ्चालितमा छन । चार्जिङ स्टेसन ठाउँठाउँ राखेपछि विद्युतिय गाडी नै उपयुत्त रहेको उनले जानकारी दिए । 

यस्तै विद्युत प्राधिकरणले सुर्खेत बसपार्कमा विद्युतिय सवारी साधनको लागि विद्युतिय चार्जिङको व्यवस्था गरेको छ । पछिल्लो सयममा नेपाल विद्युत प्राधिरकणले पनि विद्युतीय सवारीलाई प्रवर्द्धन गर्न विभिन्न प्रयास अघि बढाएको छ ।

प्राधिकरणले देशभरका मुख्य शहरका मुख्य राजमार्गहरुमा ५१ राख्ने तयारी रहेको विद्युत प्राधिकरणका कर्मचारी दिपक लामिलानेले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी चार्जिङ स्टेसनका लागि छुट्टै महसुल तोकेको छ । चार्जिङ स्टेसनमा राति प्रतियुनिट ६ रुपैयाँ ६ पैसा शुल्क तोकेको छ भने, दिउँसो चार्ज गर्दा प्रतियुनिट ८ रुपैयाँ र साँझ पिक आवरमा करिब १० रुपैयाँ शुल्क तोकेको उनले जानकारी दिए ।




 


Post a Comment

Previous Post Next Post