सम्वाददाता . सुक्ष्म समय' पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका लागि तीन वैज्ञानिकले यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार पाउने भएका छन् ।
फ्रान्सका पिएरे अगोस्टिनी, हङ्गेरी–अस्ट्रियाली फेरेन्क क्राउज र फ्रान्सेली–स्विडिश एनी एलहुइलियरलाई भाैतिक शास्त्रतर्फकाे नाेबेल पुरस्कार प्रदान गरिने भएको हो । पदार्थमा इलेक्ट्रोन गतिशीलताको अनुसन्धानका लागि प्रकाशको एटोसेकेन्ड पल्स उत्पन्न गर्ने प्रयोगात्मक विधिहरूका लागि उनीहरूलाई सम्मान गरिएको जुरीले बताएको छ ।
एटोसेकेन्ड यति छोटो हुन्छ कि एक सेकेन्डमा त्यति नै सेकेन्ड हुन्छ जति ब्रह्माण्डकाे उत्पत्तिपछि भएको थियो ।
जुरीका अनुसार पुरस्कृत वैज्ञानिकहरूले प्रकाशको अत्यन्त सानो पल्सहरू बनाउने तरिकाको प्रदर्शन गरेका छन् जसबाट इलेक्ट्रोन सञ्चालन हुने वा ऊर्जा परिवर्तन हुने तीव्र प्रक्रियाहरू नाप्न प्रयोग गरिन्छ । ‘पुरस्कृतहरूको योगदानले अत्यन्त तीव्रताका कारण पहिला पालना गर्न असम्भव प्रक्रियाहरूको अनुसन्धानलाई सक्षम बनाएको छ’, जुरीले भनेको छ ।
अगोस्टिनी अमेरिकामा ओहायो स्टेट युनिभर्सिटीका प्रोफेसर हुन् भने क्राउज जर्मनमा म्याक्स प्लान्क इन्स्टिच्युटका निर्देशक हुन् । त्यसैगरी स्विडेनको लुन्ड विश्वविद्यालयकी प्रोफेसर एलहुइलियर सन् १९०१ पछि भौतिकशास्त्रमा नोबेल पुरस्कार जित्ने पाँचौँ महिला हुन् ।
Post a Comment