कर्णालीमा लागुऔाध विरुद्ध प्रहरीको लालटिन अभियान सुरु गरिदै

सुर्खेत  : कर्णाली प्रदेश प्रहरीले असोज २५ गतेबाट लागुऔषध विरुद्ध लालटिन अभियान सुरु गर्ने भएको छ ।   लागुऔषध नियन्त्रणका लागि प्रदेश प्रहरीले सुरक्षित विषेश अभियान २०८० सुरु गर्न लागेको हो ।  

लागुऔषधले व्यक्ति र समाजको शारीरिक, मानसिक, मनोवैज्ञानिक, सामाजिक, आर्थिकको   पक्षलाई दिर्घलानि रुपमा नकरात्मक असर पारेको भन्दै कर्णाली प्रदेश प्रहरीले लालटिन अभियान सुरु गर्न लागेको डिआजी भिम प्रसाद ढकालले बताए । लागुऔषध दुव्र्यसन, अवैध रुपमा ओसारपसार र बेचबिखन नियन्त्रणका लागि यो अभियान सुरु गर्न लागेको डियाजी । ढकालले जानकारी दिए । 

नेपालको सन्र्दभमा गाजा, चरेस,धर्म, संस्कृतिसंग जोडिएको पाइएकाले यो अभियान प्रत्यक घरघरबाटै सुरु गनुपर्नेमा जोड दिएका छन । कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लादेखि गाउँसम्म कमेटी बनाएर लालटिन अभियानलाई अघि बढाउने बताएका छन । 

आम नागरिकलाई सचेत बनाउनको लागि सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने बताए । लागुऔषध दुव्र्यसन र अपराधलाई निरउत्साहित गर्नुको साथै समाज र नागरिकहरुमा सुरक्षित अनुभति बनाउन यो अभियान सुरु गरेको डि।आइ।जि ढकालले जानकारी दिए । कर्णालीमा लागुऔषधको अबैध ओसारपसारमा संलग्न संगठित गिरोहको गतिविधी सिमावर्ती क्षेत्रमा झन बढ्दै गएकोले यसको अभियान सुरु गरेको बताए । 

लागुऔषध दुव्यसनले कलिला बालबालिका देखि युवावर्गलाई बढी प्रभावित पारेको जानकारी दिए । कर्णालीका ९० प्रतिशत बालबालिका तथा युवाहरु पर्ने गरेको बताए । युवाजनशक्तिलाई दुव्र्यसनबाट जोगाउनका लागि यो अभियान सुरु गर्न लागेको उनले जानकारी दिए ।  

लागुऔषध विरुद्ध लालटिन अभियानलाई सफल पार्नका लागि सरकारी, गैरसरकारी संघ संंस्था,उद्योग वाणिज्य संघ,सुधारकेन्द्र लगायतका सबै क्षेत्रले आ—आफ्नो क्षेत्रबाट सफल पार्न उनले अनुरोध गरेका छन । 


Post a Comment

Previous Post Next Post