एक पटक साेचाै के हाम्रो भनाइ माननिय हो ,यति जावो नियम मिच्न सक्नु पर्छ भन्ने हो त ? अवश्य हैन ?


हिजो देखि एउटा तस्विर सामाजिक संजालमा भाइरल बनेको छ । अझ भनाै हामि पत्रकारहरूको खुराक जस्तै बनेको छ । त्यो तस्विर हो सुर्खेत पश्चिम सडक खण्ड अन्तरगत एक रूखमा माननिय ठेकेदार दिक्पाल शाही ज्यू बाटो कहिले बन्छ ? लेखेर फोटो सहित एक रूखमा टासिएको छ ।

सांसद शाहीका छोराको नाममा रहेको निर्माण कम्पनीले मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत बड्डीचौरदेखि खम्बागाडे खण्डको १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको छ । तर, कालोपत्रे गर्ने भनेर ठेक्का लिएको लामो समय बित्दा पनि कामअघि नबढेपछि स्थानीयले सांसद शाहीको तस्वीर रुख रुखमा टाँस गरेका हुन् । काम सम्पन्न भएन भनेर फोटो टाँस गर्न पाइन्छ तर यस संग सम्बन्धित भएर लेखिएका समाचारहरू हेर्नेहो भने पुराना देखि भर पर्दा मिडियाले समेत खुराकका रूपमा अथवा भावनामा बगेर समाचार बनाएको देखिन्छ ।


मा. शाहीको सचिवालय ले बड्डिचाैर सव डिभिजन वन कार्यालय सुर्खेतले पत्र संख्या २०७९/०८० को पत्र संख्या २१ मा वनमा सडक निर्माण कार्य रोक्न र यदि कार्य नरोकेमा वन एेन २०७६ को दफा ३९ बमोजिम कार्वाहि गर्ने चिठि पठाएको प्रमाण नै सार्वजनिक गरेको छ त्यति मात्र नभइ अनक जयदेवि जे.भि ले २०७९/०९/११ मा पुर्वाधार विकास निर्देशनालय सुर्खेत लाइ रूख हटाउने सहमति खोजिदिन अाग्रह गर्दै लेखेको एक चिठि पनि सार्वजनिक गरेको छ । त्यतिमात्र हैन २०८०/०१/१० गते निर्माण कार्य रोकिएको भन्दै फेरी पुर्वाधारलाइ पत्र लेखेको छ जसमा पनि समस्या भनेकै वनको छ जसमा वनले नै I.E.E प्रक्रिया सुचारू नभएर काम सुरू रोक्न पत्राचार गरेको देखिन्छ ।  जसमा न कुनै मिडियाको अाखा परेको छ न कुनै पत्रकारको,न कुनै मिडियाले वास्तविकता लेख्ने कोशिश गरेको छ न त वन र पुर्वाधारलाइ कारण सोध्ने हिम्मत नै राखेको छ ।  वास्तवमा पत्रकारिता भित्र हेर्ने हो पनि खोज पत्रकारिता र फलो अप पत्रकारिताको खडेरी लागे जस्तै देखिन्छ । अव एक पटक साैचो के हाम्रो भनाइ अव माननिय हो यति जावो नियम मिच्न सक्नु पर्छ भन्ने हो त ? अवश्य हैन ? 

माननिय दिक्पाल शाहीको सचिवालयले यस्तो लेखेर भ्रामक सुचनाको पछि नलाग्न अाग्रह गरेको छ । 

पश्चिम सुर्खेत बड्डिचौर,बिउरेनी,बाबियाचौर,विध्यापुर सडक निर्माण कार्यमा माननिय दिक्पाल कुमार शाही ज्यू को नाम जोडी बदनाम गर्ने हेतुले सामाजिक संजालमा उछृंखल व्यक्तिहरु र केही कपि पेष्ट मिडिया भन्ने हरुले समाचार जस्तो बनाइ भ्रम छर्न खोजिएको प्रति सचिवालय को र माननिय ज्यू को समेत गम्भीर ध्यानाकर्षण भयको छ । ANK- JAYEDEVI JOINT VENTURE का आधिकारिक प्रतिनिधि सन्देश शाही को पुर्वाधार विकास निर्देशनालयसंग सम्झौता भइसकेपछि निर्माण कार्य गर्ने स्थलमा रुख भयको हुंदा वन डिभिजन कार्यालय बावियाचौरले काम गर्न नदिएर अहिले सम्म कम्पनीले आर्थिक क्षति ब्यहोर्नु परिरहेको र काम अगाडि बढाउन को लागि कम्पनीले बारम्बार ताकेता गरिरहेको कुरा यहाँहरुको को जानकारी को लागि यस पोस्ट मा सेयर गरिएको निवेदन समेत अध्ययन गरी वास्तविकता बुझिदिनु हुन सम्पूर्ण शुभचिन्तकहरु मा अनुरोध छ । साथै स्थलगत र यथार्थ वास्तविकता नबुझी गर्न खोजिएको अनर्गल र भ्रामक प्रचार का पछि नलाग्न हुन पनि अनुरोध छ ।

हेराै माननिय दिक्पाल शाही ज्यूको सचिवालय बाट सार्वजनिक भएका केहि तस्विरहरूः




 


Post a Comment

Previous Post Next Post