चन्द्र प्रकाश शाहि , पुर्व रेफ्रि ANFA कर्णाली प्रदेश : हाल बेलायत
सुरक्षित भविष्य र राम्रो आम्दानीको खोजीमा फुटबलरहरु तथा अन्य दक्ष जनशक्ति विदेश पलायन हुने क्रम बढेको छ । सिङ्गो कर्णाली प्रदेश फुटबल बिकासका लागि कर्णाली प्रदेशमै पहिलो गोल्डकप फुटबल प्रतियोगिताको सुरुवातको योजनाकार संगै विद्यालय- विद्यालयमा ग्रासरुट फुटबल ट्रेनिङ्ग कार्यक्रमको सुरुवात गर्न तथा सिनियर फुटबल(पुरुष/महिला) खेलाडीहरुलाई प्रशिक्षण दिई सयै खेलाडीहरु उत्पादन गर्नमा उहाँको महत्त्वपूर्ण भुमिका रहेको छ। उहाँ जाजरकोट जिल्ला बारेकोट गाउँपालिका वडा नं.९ सकलामा जन्मनु भए पनि बि.स.२०५२ सालदेखि सुर्खेतको विरेन्द्रनगरमा बस्दै आउनु भएको छ। उहाँ आफै युथ-१४ जि.बि.स.सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता,बिधालय स्तरिय मायोज कप राष्ट्रिय फुटबल प्रतियोगिता र पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सहभागी जनाउनु भएको थियो।
आफै फुटबल खेलाडी भएकै कारणले होला पछि आएर फुटबल खेलको मायाले फुटबल अफिसियलको रुपमा बि.स.२०६७ साल देखि एन्फा रेफ्रीको कोर्ष, ग्रासरुट फुटबल प्रशिक्षक प्रशिक्षण कोर्ष, ANFA "D" लाईसेन्स कोचिंग कोर्ष र AFC "C" लाईसेन्स कोचिंग कोर्ष पनि गरिसक्नु भएको थियो। लुम्बिनी प्रदेश,सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा पुगेर फुटबल प्रतियोगितामा रेफ्रिको भुमिका निर्वाह गर्नुका साथै समग्र कर्णाली प्रदेशका विभिन्न ग्रामिण क्षेत्रमा पुगेर निरन्तर रुपमा ग्रासरुट,युथ र सिनियर फुटबल खेलाडीहरुलाई प्रशिक्षण दिनुका साथै उहाँले प्रशिक्षित गर्नुभएका खेलाडीहरु राष्ट्रिय टिममा समेत स्थान बनाउन सफल भएका छन्।
उहाँ (अध्यक्ष) रहेको सुर्खेतको प्रतिष्ठित काँक्रेबिहार क्लबले सुर्खेत मै नयाँ कार्यक्रम २०७७ देखि-हाल सम्म "Door to Door Football Training Program" नामाकरण गरी बिधालय-बिधालयमा नै प्रशिक्षक पुगी त्यहाँका बिधार्थि खेलाडीहरुलाई ट्रेनिङ्ग दिने कार्य सञ्चालन गर्दै आईरहनु भएको थियो। उहाँको नेतृत्वमा २०७८ सालमा "स्वस्थ, सभ्य र समृद्ध जिवनका लागि मर्यादित खेलकुद" भन्ने नाराका साथ कर्णाली प्रदेशमै पहिलाे पटक काँक्रेबिहार गाेल्डकप फुटबल प्रतियोगिता-२०७८ सञ्चालन गर्न उहाँको टिम सफल भएकाे थियो। काँक्रेबिहार क्लबको आयोजनामा उक्त प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएको थियो।
९ औं राष्ट्रिय खेलकुदको पुर्ब सन्ध्यामा सुदुरपश्चिम प्रदेशमा आयोजनामा भएको प्रदेश- प्रदेश बिचको राष्ट्रिय स्तरको राजधानी कपमा कर्णाली प्रदेश फुटबल टिम प्रशिक्षकको जिम्मेवारी पाउनु भएको उहाँले त्यस प्रतियोगितामा कर्णाली प्रदेश फुटबल टिमलाई उपबिजेता बनाउदै ऐतिहासिक रुपमा अहिले सम्मकै सफलता हाँसिल गराउन सफल हुनु भएको थियो। उहां एक प्रशिक्षक मात्र नभै कुसल अनि सफल खेलकुद प्रशिक्षक/शिक्षकको रुपमा सुर्खेत जिल्लामा आफुलाई स्थापित गर्न सफल हुनुभएको छ।उहाँ विरेन्द्रनगर स्थित श्री जन नमूना माध्यमिक बिधालयमा एक दशक सम्म खेलकुद शिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो। उहाँले आफू बिधालयमा रहने बेला सम्म खेलकुद प्रतियोगितामा बिधार्थी खेलाडीहरुलाई सहभागी जनाई दर्जनौं उपाधि जिताउन सफल हुनु भएको थियो। उहाँ भन्नू हुन्छ “खेलकुदमा अनुशासन,लगनशीलता,परिश्रमी र धैरता राख्ने ब्यक्ति अबस्य सफल हुन्छ”। खेलकुदले मलाई के दियो भन्ने होइन की , मैले खेलकुदलाई के दिन सक्छु भन्ने भावना सम्पूर्ण खेलाडीहरुमा जागृत हुनु जरुरी छ। तर हाल नेपालको राज्य सञ्चालकहरु खेलकुदलाई हेर्ने दृष्टिकोण महत्त्व बिहिन छ। यस क्षेत्रमा लागेका हजारौ युवाहरुको भबिष्य जोडिएको छ सोहि कारण ले गर्दा सुनिश्चित भबिष्यका लागि खेलकुद हो भनि खेलाडीहरुको हरेक पक्षलाई ब्यवस्थापन गरि राष्ट्रको गौरव बढाउने खालको खेलाडी निर्माण गर्न सकिन्छ। यसमा सम्वन्धित पक्षको ध्यान जाओस भन्ने उहाँको भनाई छ।
Post a Comment