खाजा खाने पैसाको सट्टा सरसफाइका सामाग्री वितरण

 नारायण रिजाल, दैलेख 

सेभ द चिल्ड्रेनको अार्थिक सहयोगमा एभरेष्ट क्लव दैलेख द्वारा संचालित पावर परियोजना अन्तरगतकाे युवाहरूलाइ कार्यात्मक साक्षरता तथा संख्यात्मक सिप सम्बन्धिको १२ हप्ते शेशन सकिए संगै उक्त तालिममा सहभागि प्रशिक्षार्थीहरू लाइ सरसफाइका सामाग्री वितरण गरिएको हो । 

कपडा धुने सावुन,नुहाउने  सावुन,ह्यान्डवास,हारपिक/ब्रस,तुथपेस्ट ब्रस लगाएतका सामाग्री वितरण गरिएको थियो । प्रशिक्षार्थीहरूले खाजा बापतको रकम बाट सरसफाइ सामाग्री लिने भए पछि सरसफाइ सामान वितरण गरिएको थियो ।

१६ बर्ष देखी २४ बर्ष उमेर समुहका कक्षा ८ वा सो भन्दा कम कक्षा अध्ययन गरि विभिन्न कारणले पढ्न छाडेका २० जना युवा युवतिहरूलाइ सो कक्षामा सहभागि गराइएको थियो । यस तालिम सिके पश्चात अाफुहरूले व्यवसाय छनाेट कसरि गर्ने,निर्णय कसरि लिने, कस्तो प्रकारका व्यवसाय रोज्ने देखि सामान्य अंकका हिसाव किताव पनि सजिलै गर्न सकिने गरि प्रशिक्षण भएको एक सहभागिले जानकारी दिनु भयो । 



उक्त सरसफाइ सामाग्री वितरण कार्यक्रममा एभरेष्ट क्लवका फिल्ड अफिसर तारा रावलको समेत उपस्थिति रहेको थियो । कार्यक्रम अवधि भर प्लाष्टिक जन्य सामाग्री कम प्रयोग गर्ने र तालिम शुरू पुर्व १० मिनेट योगाभ्यास समेत भएको यो नाैलो सुरावत गरेको प्रति उहाँले सकरात्म प्रतिक्रिया दिनु भएको थियो । 


उक्त १२ सेसनको प्रशिक्षकका रूपमा एभरेष्ट क्लव दैलेखका सहजकर्ता तथा सक्रिय युवा क्लवका अध्यक्ष नारायण रिजाल रहनु भएको थियो । 

Post a Comment

Previous Post Next Post