सुर्खेत : कर्णाली प्रदेशको स्नातक तहमा आधुनिक विषय अनुसारको चाप बढ्दै गएको छ । कर्णालीका त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयहरुमा आधुनिक विषय अनुसारको विद्यार्थीको चाप बढ्दै गएको हो । २०७६∕७७ मा मध्यपश्चिम विश्व विद्यालयमा ७ हजार पाचँ सय विद्यार्थी थिए भने पछिल्लो समय २०७९∕ २०८० मा १३ हजारको हाराहारीमा विद्यार्थीको संख्या बढ्दै गएको मध्यपश्चिम विश्व विद्यालयका भिसि नन्द बहादुर सिंहले जानकारी दिए । उनले विद्यार्थीलाई राम्रो शिक्षाका साथ साथै भौतिक वातावरणको पनि आवश्यकता पर्ने भएकाले विद्यार्थीको रुचि अनुसारका विषयहरु पढाउन थाले पछि विश्वविद्यालयमा विद्यार्थीको संख्या बढेको उनले बताएका छन ।
नेपालको अधिकांश विश्वविद्यालयमा विद्यार्थीहरु घट्नुको मुख्य कारण भनेको धेरै व्यक्तिगत क्याम्पसहरु खोलिनु, विद्यालयमा अराजक काम गरि तालाबन्दी गरिनु,समयमा पढाइ तथा परिक्षा नहुनुका कारणले गर्दा धेरै युवाहरु १२ पास गरेपछि विदेशीन थालेको भिसिले जानकारी दिए । विद्यार्थीलाई नयाँ प्रविधि संगै अगाडि बढाउनका लागि राष्ट्रिय क्यालेन्डरक साथ समय अनुसारको कक्षाहरु सञ्चालन गरिएको हुदाँ विद्यार्थी पढ्न आउनेको संख्या बढ्दै गएको बताएका छन । विश्वविद्यालयहरुमा गलत खालको राजनितिक भएन भने विद्यार्थी अघि बढ्ने बताए । विद्यार्थीका लागि राम्रो कोर्स बनाएर विदेश जानेलाई रोकि यही राम्रो शिक्षा र रोजगारी दिने मान्यता राखेको उनले जानकारी दिए । विद्याथीले आफुले रोजे र खोजेका विषयहरु यही लागु गरेपछि यहाँ पढ्न आउने विद्यार्थीको संख्या बढ्दै गएको हो । अमेरीका, अस्टेलिया तथा बेलायतमा पढ्ने विद्यालय यहाँ घर सम्पती बचेर बाहिर जान बाध्य भएको बताए । यहाँका विद्यालयमा संसारमा पढाइ हुने विषय यही पढाउन सके विद्यार्थीहरु बाहिर जानबाट रोक्न सकिने बताए । क्याम्पसले आफ्नो विद्यार्थीलाई दक्ष जनशक्ति बनाएर बजारमा विग्न सक्ने खालको बनाउनु पर्ने बताएका छन । अहिले मध्यपश्चिम विश्वविद्यालयमा म्यानेजमेट,इन्जिनियरिगं, मानविकी र सामाजिकशास्त्र,कानुन, शिक्षाशास्त्र,व्यवस्थापन र विज्ञानशास्त्र पढाइ भइरहेको जानकारी दिए ।
सुर्खेत क्याम्पस शिक्षामा २०७८ ०७९ मा ५५ सय विद्यार्थी थिए भने अहिले सिमित भर्ना लिएको हुदाँ विद्यार्थी २०७९ ०८० मा ५ हजारको आसपासमा विद्यार्थी रहेको सुर्खेत क्याम्पस शिक्षाका लेक्चर किरण भट्टराईले जानकारी दिए । विद्यार्थीको चाहाना शिक्षामा बढि हुने भएकाले र बि.बि.एस पनि पडाइ हुने भएकाले विद्यार्थीको संख्या बढ्दैको बताएका छन । उनले भने अरुमा भन्दा यहाँको वार्षिक शुल्क कम भएकाले गर्दा पनि विद्यार्थी संख्या बढ्दै गएको क्याम्पस लेक्चर भण्डारीले जानकारी दिए ।
जुम्ला बहुमुखी क्याम्पसमा २०७६ ∕०७७ मा २२ सय विद्यार्थी भर्ना भएकामध्ये ५० प्रतिशतले बीचमै पढाइ छाड्ने गरेको क्याम्पस प्रमुख डा.ओम प्रकाश आचार्यले बताए । स्थापना कालमा विद्यार्थीको संख्या एकदमै बढि भएपनि अहिले २०७९ ∕०८० विद्यार्थी घटेर एक हजार मात्रले अध्यायन गरेको जुम्ला बहुमुखीका प्रमुख आचार्यले बताए ।
क्याम्पस प्रमुख आचार्यका अनुसार पछिल्लो समय क्याम्पसहरु खोल्ने क्रम बढेको हुदाँ विद्यार्थी विभाजित हुदै गएकाले गर्दा विदार्थी संख्या घट्दै गएको उनले जानकारी दिए । विद्यार्थीहरुले प्राविधिक विषय रुचाउने भएकाले गर्दा पनि विद्यार्थी संख्या कम हुदै गएको बताए । विद्यार्थीलाई आकर्षण गर्नका लागि अब कानुन र मानविकि संकायको विषय थप गर्ने बताए ।
कालिकोट भौगोलिक विगटताका कारण यहाँका विद्यालयहरुमा पढ्न आउनेको संख्या घट्दै गएको तिला कर्णाली बहुमुखी क्याम्पसका प्रमुख रुद्र प्रसाद सापकोटाले जानकारी दिए । १२ पास गरेपछि गुणस्तरीय शिक्षा र रोजगारीको खोजिमा सुर्खेत, नेपालगञ्ज, काठ्माण्डौँ तथा विदेश जाने भएकाले गर्दा यहाँका विद्यायलहरुमा पढुनेको संख्या घट्दैको बताए । २०७८ ∕०७९ मा २५० जना विद्यार्थीमा अहिले २०७९ ∕०८० मा दुई सय विद्यार्थी रहेको उनले जानकारी दिए ।
विद्यार्थीहरु घटिरहेको समयकमा सल्यानमा भने विद्यार्थीको संख्या बढेको बनगाड क्याम्पस प्रमुख गणेश बहादुर चन्दले जानकारी दिए ।
सल्यानमा २०७८∕०७९ मा २०५ जना विद्यार्थी थिए, भने अहिले २०७९∕०८० मा २५० जना विद्यार्थी पुगेको क्याम्पस प्रमुख चन्दले जानकार िदिए । सल्यानमा कोरोनाको सयमपछि विद्यार्थी गाउँघरमै बसेर पढ्न थाले पछि विद्यार्थीको संख्या बढ्दै गएको उनले जानकारी दिए । उनले भने क्याम्पसमा अहिले छोरी बुहारी क्याम्पस भएको छ । यहाँका पुरुषहरु १२ पास हुने बितिकै विदेशीले चलन दिनप्रतिदिन बढ्दै जादाँ क्याम्पस अहिले छोरी बुहारीको लागि मात्र भएको छ । विद्यालयमा राम्रो व्यवस्थापन नभएको हुदाँ उच्च शिक्षा र रोजगारिका लागि युवाहरु विदेश जान थालेको बताए । नेपालमा पढेर भविष्य नदेखे पछि यहाँका युवाहरु विदेशीन थालेका हुन । क्याम्पसमा पढ्दै कमाउदै शिक्षा लागु गरे विद्यालयमा पढ्न आउनेहरुको संख्या बढ्ने उनले बताए ।
मुगुको चतुर्देव हिरा सुरेन्द्र पुर्ण क्याम्पसमा विद्यार्थीहरुको संख्या घट्दोक्रममा छ । २०७८∕०७९ को तुलाना २०७९∕०८० मा १० प्रतिशतले विद्यार्थी घटेको चतुर्देव हिरा सुरेन्द्र पुर्ण क्याम्पसका शिक्षक परेक बहादुर रावतले जानकारी दिए । कर्णालीको दुर्गम तथा हिमाली भेगका युवाहरु गुणस्तरीय शिक्षा, लोकसेवा आयोगको तयारी र रोजगारीका लागि युवाहरु सहर तिर आउन थालेपछि क्याम्पसहरु रितिदै गएको उनले जानकारी दिए । स्थानिय स्तरका शिक्षकले मात्र विद्यालयलाई जोगाइरहेको र बाहिरबाट शिक्षक राख्न नसक्दा बिद्यार्थीहरु बाहिर जान थालेको उनले जानकारी दिए ।
हुम्लाको हिमज्योती बहुमुखी क्याम्पसमा अघिल्लो वर्षको तुलनामा यस वर्ष विद्यार्थीको संख्या बढ्दै गएको क्याम्पस प्रमुख नेत्रलाल हमालले बताए । २०७८∕०७९ मा २३५ थिए भने अहिले २०७९∕०८० मा २५८ जना विद्यार्थी रहेको उनले बताए । हिमज्योती बहुमुखी क्याम्पसमा अरुको भन्दा बढि संरचना भएकाले र नयाँ प्रविधिका कारण विद्यार्थी आउनेको संख्या बढ्दै गएको बताए । अबको केही महिनामा नयाँ भर्ना लिने पनि तयारी भएको क्याम्पस प्रमुख हमालले जानकारी दिए । शिक्षा पद्धतिमा सुधार नगर्दा त्रिविका क्याम्पसमा विद्यार्थीको संख्या घट्दै जाने भएको छ ।
यस्तै जाजरकोटको बनगाड क्याम्पसमा पनि विद्यार्थीको संख्या घट्दै गएको छ । २०७८ ०७९ मा ३८४ जना विद्यार्थी थिए भने, २०७९ ०८० ३२४ जना मात्र विद्यार्थी संख्या रहेको क्याम्पस प्रमुख कालि बहादुर पुनले जानकारी दिए । उनले भने, सामुदायक विद्यालय छोरी बुहारीको लागि मात्र भएको छ । राम्रो पढाई र राम्रो रोजगारि नहुदा अहिले विद्यार्थीहरु विदेशीन थालेको बताएका छन ।
रुकुमपश्चिमा उच्च शिक्षा पढ्ने विद्यार्थी भन्दा धेरे अहिले अमेरीका जानको संख्या बढ्दै गएको छ । उच्च शिक्षाका लागि कोही विदेश त कोही सहर केन्द्रीत हुदाँ गाउँ नै रितिन थालेको हुदा उच्च शिक्षा पढ्न आउनेको संख्या पनि घट्दै गएको सानीभेरी शिक्षा क्याम्पस प्रमुख भागिराम भण्डारीले जानकारी दिए । २०७८ ∕०७९ मा जम्मा २९२ जना विद्यार्थी थिए भने,२०७९ ∕०८० मा २८० जना विद्यार्थी रहेको उनले जानकारी दिए ।यहाँ विद्यार्थीहरु रोजगारिकै सिलसिलामा बिचैमा पढाई छोडी जानेहरुको संख्या बढ्दै गएको छ । पढेर रोजगारि पाउने कुनै ग्यारेन्टी नभएपछि विद्यार्थी बिदेश जान थालेको क्याम्पस प्रमुख भण्डारीले जानकारी दिए ।
यस्तै २०५४ सालमा स्थापना भएको दैलेखको नारायण बहुमुखी क्याम्पसमा पनि अहिले विद्यार्थीहरु घट्नेक्रममा रहेको छ । यस क्याम्पसमा २०७८∕ ०७९ मा ६ सय जना विद्यार्थी थिए भने २०७९∕ ०८० मा घटेर ५०० जना भएको क्याम्पस प्रमुख नर बहादुर शाहीले जानकारी दिए । विद्यार्थीले आफुले चाहेको अनुसार पढ्न र रोजगारि पाउन नसक्दा विद्यार्थीहरु घट्दै गएको उनको भनाइ छ । उहिले विद्यार्थीहरु प्राविधिक तर्फ बढि रुचाउनले भएकाले सरकारी विद्यालयमा पढ्न आउनेको संख्या पनि घट्दै गएको हो । क्याम्पसमा बि.बि.एस. र शिक्षाका विषय मात्र पढाइ हुदाँ र रोजगारिको कुनै टुन्गो नलागेकाले उनले बताए । अहिले विद्यार्थीहरु १२ पास हुने बित्तिकै विदेश तिर लाग्ने तथा ब्यरोजगारिका कारण विद्यार्थी घट्दै गएको बताए । विद्यार्थीलाई स्वदेशमै रोक्नको लागि विद्यालयमा कृषि विज्ञान पढाई अनिर्वाय गराउन जरुरी रहेको उनले जानकारी दिए ।
विद्यार्थी सामान हुने भनेको त १२ सम्म मात्र हो जब विद्यार्थी १२ पास हुन्छन, उनीहरु रोजगारी र राम्रो पढाइको खोजीमा सहर तषा विदेश जान थालेको डोल्पो क्याम्पस प्रमुख धननजय सुवेदीले जानकारी दिए । डोल्पो क्याम्पस २०७८ ∕०७९ मा जम्मा विद्यार्थी २०० भन्दा माथी थिए र २०७९ ∕०८० मा पनि विद्यार्थी संख्या उस्तै नै भएको उनले जानकारी दिए । धेरै विद्यार्थीहरु उच्च शिक्षाका लागि र रोजगारिका लागि आफ्नो ठाँउ छोडी बाहिर जाने भएकाले गर्दा विद्यार्थीहरु १२ पास गरेपछि गाउँमा बस्न छाडेको उनले जानकारी दिए ।
Post a Comment