सुर्खेत : कार्तिक १७ गते शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्कुलको भूकम्प गयो । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीयसँगै भौतिक संरचनामा क्षति पु¥याएको छ ।
भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा पनि ठूलै मानवीय क्षति भयो । हजारौँ घरहरुमा पूर्ण रुपमा क्षति पुग्यो । जाजरकोट भेरी नगरपालिका १ की ६३ वर्षीया डिलसरा बादीकोे घर पनि भूकम्पले पूर्णरुपमा क्षति गरेको छ ।
भूकम्पले भत्काएको घरमा आफूसहित पूरै परिवार पुरिएको उनले सुनाइन । “मरिन्छ कि भन्ने लागेको थियो धन्न बाचियो । स्थानीयवासीले रातिनै उद्धार नगरेको भए मेरो सबै परिवार सकिने थियो । स्थानीयवासीले तत्काल पुरिएको घरबाट निकाले अनि बाँच्न सफल भइयो”, उनले भनिन् ।
उपचारका लागि सबै परिवारलाई नगर अस्पताल लगिएको थियो । अस्पतालमा दुई दिनसम्मको उपचार गरेपछि डिस्चार्ज भएको उनले बताइन । घर फर्किएपछि सरकारले दिएको राहतको नाममा एउटा त्रिपालबाहेक अन्य कुनै सामग्री नपाएको उनले गुनासो गरिन् ।
राहतको आशमा त्रिपाल मुनी बसिरहेका छौँ । चिसो बढेकाले रात कटाउन निकै मुस्किल भइरहेको छ”, “अन्य कुनै राहत सामग्री अहिलेसम्म पाएका छैनौँ । राहतको पर्खामै छौँ । पालिकामा धेरै सामग्री आएको छ भन्ने सुन्छु । हामीले त त्रिपाल बाहेक केही पाएका छैनौँ ।
अहिले पनि भूकम्पको त्रास भईरहेको छ । शुक्रबार एक्कासि भूकम्प आयो केही थाहा भएन”, उनले भनिन, ।
भूकम्प पीडितहरुको राहत र पुनस्र्थापनाका लागि आफु दिनरातलागिपरिरहेको भेरि नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तिले जानकारी दिए । प्रमुख घर्तीका अनुसार भरी नगरपालिको वडा न १,२,३,४ बढि क्षेती ग्रस्त भएको छ । पुर्ण तथा आसिंक रुपमा एक हजार भन्दा धेरै घरहरु भत्किएको उनले बताए । भुकम्प पिडितलाई अति आवश्यक पर्ने राहात सामाग्रीहरु पनि वितरण गरेको उनले बताए ।
उनका अनुसार पूर्णरुपमा क्षति भएका घरपरिवारका लागि त्रिपाल खाद्यान्न सामग्री बाढेको जानकारी दिए ।
यस्तै जाजरकोटमा ९ हजार भन्दा बढी घर भूकम्पका कारण पूर्णरुपमा भत्किएका छन् । यस्तै २४ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।
प्रशासनको तथ्यांकअनुसार ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका हुन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको हो । यस्तै कुल ३४ हजार ५०१ घरधुरीका १ लाख ७९ हजार ८९३ जनसंख्या भूकम्पबाट प्रभावित भएको प्रशासनले जनाएको छ । जसअनुसार ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंखया विस्थापित बनेका छन् ।
भूकम्पबाट ९९ जना घाइते हुँदा १०१ जनाको मृत्यु भएको छ । भौतिक क्षतिको प्रारम्भिक द्रुत सर्वेक्षण प्रतिवेदनका आधारमा तथ्यांक सार्वजनिक गरिएको प्रशासनको भनाइ छ ।
Post a Comment