जाजरकोट भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु

सुर्खेत : जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी कम्तीमा एक सय जनाको ज्यान गएको छ । जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा धेरै क्षति भएको छ ।

जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लामा ५५ बढी घाइते छन् । प्रहरीका अनुसार रुकुम पश्चिममा भूकम्पमा परी ३६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्लामा ८५ जना घाइते भएका छन् ।

मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ । दुई जिल्लामा ठूलो भौतिक क्षति पनि भएको छ । कयौं घरहरू भत्किएका छन् । उनीहरूको उद्दार र उपचारको काम भइरहेको प्रहरीको भनाइ छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामी डाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पको धक्का पश्चिम नेपालका जिल्ला र काठमाडौंसम्म महसुस गरिएको थियो ।

Post a Comment

Previous Post Next Post