सुर्खेत । अपांगता भन्ने बित्तिकै शारीरिक काम गर्न नसक्ने अशक्त भन्ने दृश्य हाम्रो मानसपटल मा चित्र बन्ने गर्दछ तर केहि त्यस्ता व्यक्ति हुन्छन् जो आफ्नो समस्याका वावजुत पनि केहि काम गर्नुपर्छ भन्ने हूटहुटि लिएर अगाडी बढेका हुन्छन् । र आफु संगसंगै अरुलाई पनि सत्कर्ममा लाग्न प्रेरित गरिरहन्छन् । अपांग भएकै कारण पनि थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वले महत्वपूर्ण काम गरेर हामि आम मानिसलाई थुप्रै पाठ सिकाइरहेका हुन्छन । झमक घिमिरे , स्टेफेन हकिंग , हेलेन केलर आदि यसका ज्वलन्त उदाहरण हुन् । यिनै मध्ये का एक छन वीरेन्द्रनगर सुर्खेत का किरण किशोर सापकोटा । सानोमा पोलियो रोग का कारणले खुट्टा मा समस्या देखा परेको उनलाई एउटा खुट्टा राम्रो संग चल्दैन तर पनि उनले वीरेन्द्रनगर को व्यस्त सडक मा कहिले जेब्रा क्रसिंग निर्माण गर्ने , कहिले व्यानर मुक्त वीरेन्द्रचोक कहिले My clean and green school movement चलाएर आफुलाई समाजसेवा मा समर्पित गर्दै आएका छन् ।
किरण
ले २०७६ सालमा कर्णाली प्रदेशमै पहिलो पटक आफ्नो निजि लगानीमा Cat –eye (Reflector) सहित को Zebra-Crossing को अवधारणा ल्याउनुका साथि निर्माण पनि गरेका थिए तत्कालिन
समयमा उनले वीरेन्द्रनगरका मुख्य-मुख्य व्यस्त सडकमा zebra crossing निर्माण
गरिदिएका थिए । कर्णाली प्रदेश को राजधानी रहेको यो बजारमा सवारी साधनको उच्च चाप हुने
र zebra cross नहुँदा सवारी चालक र पैदल यात्रीलाई शास्ती हुँदै आएको थियो । सो
समयमा स्थानीय तथा प्रदेश सरकारले यस सम्बन्धि कुनै चासो देखायको थियन तर zebra –
cross निर्माण गर्न अघि सरे किरण किशोर सापकोटा । उनकै पहलमा केहि समय पछी सरकारले
zebra-cross निर्माण त गर्यो तर त्यो धेरै दिन टिकेन अथवा केहि समय पछी मेटिदैं
गयो तर त्यसको पुनर्निर्माण मा सरकारले चासो नदेखायपछि फेरी सरकारलाई झकझक्याउन किरण
अघि सरे ।
उनले स्थानीय सरकार तथा प्रदेश सरकारलाई झक्झक्याउन्
सांकेतिक दवाब सिर्जना गरे । बजार को सडकमा प्रश्न चिह्न बनाएर उनले शान्तिपूर्ण
तरिकाले दवाब दिए । फलस्वरूप सरकारले विभिन्न ठाउमा zebra cross सहित ट्राफिक
चिह्न हरु अहिले कोर्दै आएको छ ।
अहिले नगरपालिका भित्रका मुख्य र सहायक सडक मा zebra
cross सहित अन्य ट्राफिक चिह्न का रेखा हरु हामीले देख्न सक्छौं । यसले गर्दा पैदल
यात्री तथा सवारी चालकलाई सहज भैरहेको स्थानीय वासिन्दा हरु बताउछन ।
Zebra cross निर्माण उनको एउटा प्रतिनिधि कार्य हो तर
यसका अलावा उनले जिल्ला स्थित बाल संगठनको अध्यक्ष भएर असहाय बालबालिका लाइ सहयोग
गर्दै आएका छन । उनले वृक्षारोपण को महत्व दर्साउंदै विभिन्न विद्यालयमा My Clean and green School movement पनि चलाउदै
आएका छन ।
Post a Comment