|
तस्वीर सौजन्य : सत्कार शर्मा
|
सुर्खेत । शुक्रबार वीरेन्द्रनगर मा एक दिने सुचनाको हक सम्बन्धि साक्षरता का लागि एक दिने कार्यशाला सम्पन्न भएको छ । वीरेन्द्रनगरनगरपालिका को समन्वय तथा जिल्ला प्रहरी कार्यालय सुर्खेत , जिल्ला बाल संगठन सुर्खेत , सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम ) सुर्खेत , CSN Birendranagar , सहकर्मी समाज सुर्खेत को सहकार्यमा Optimist club of Nepal र Law जानौ ले आयोजना गरेको हो . कार्यक्रम वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० घुस्रा मा भएको थियो । करिब ५० जना सहभागी रहेको कार्यक्रम मा सुचनाको हक र सुचना प्राप्त गर्ने विधि र प्रक्रिया को वारेमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रम मा जिल्ला प्रहरी कार्यालय सुर्खेत का प्रहरी निरीक्षक मिलन पाण्डे , वीरेन्द्रनगर नगरपालिका कि मनो परामर्शदाता कमला वस्याल'देवकोटा' लगायत ले प्रशिक्षण दिनु भएको थियो । राजकुमार सिजापतिको प्रमुख आतिथ्य तथा शंकर आचार्य को संयोजकत्व मा संचालन भएको कार्यक्रम मा सहभागी हरु ले अबका दिन हरुमा सुचनाको हक को भरपुर प्रयोग गर्ने विश्वास आयोजक ले लिएको छ ।
|
तस्बिरःसत्कार शर्मा |
Post a Comment