तस्बिर : राइजिंग कर्णाली |
सुर्खेत । शुक्रबार जाजरकोट र रुकुम पश्चिम मा गएको भूकम्प मा परि घाइते भई कर्णाली प्रदेश अस्पताल सुर्खेत मा ल्याईएका उपचाररत भूकम्प पिडितलाई राष्ट्रिय युवा संघ सुर्खेत ले सहयोग गरिरहेको छ । शनिवार बिहानै देखि स्वयंसेवा मा खटियको संघ ले आफन्त नभएका उपचाररत घाइतेहरु लाई विभिन्न माध्यम द्वारा सहयोग गरिरहेको छ भने बिरामी कुरुवालाई संघ को अनुरोधमा वीरेन्द्रनगर नगरपालिका ले खाजा , खाना तथा पानि को लागि सहयोग गरिरहेको छ भने रगत को कमि नहोस भनेर रगत संकलन को कार्यलाई तिब्रता दिएको राष्ट्रिय युवा संघ सुर्खेत का अध्यक्ष बासु आचार्य ले राइजिंग कर्णाली लाइ जानकारी दिनु भएको छ । साथै अवस्था सामान्य नहुन्जेल सम्म निरन्तर रुपमा सहयोग मा खटिरहने उहाले जानकारी गराउनु भयो ।
यदि कसैलाई सहयोग को आवश्यकता भएमा रास्ट्रीय युवा संघ सुर्खेत का अध्यक्ष वासु आचार्यलाई निसंकोच सम्पर्क गर्न सक्नुहुने उहाले आह्वान गर्नु भएको छ .
सम्पर्क नम्बर : ९८५८०५२४३७
तस्बिर : राईजिंग कर्णाली |
Post a Comment