राज्यसम्म पुगेन अपाङ्गताको पहुँच

सुर्खेत :  राज्यसम्म आफुहरुको पहुँच अझै पनि पुग्न नसकेको अपाङ्गता भएका व्यक्तीहरुले गुनासो गरेका छन्। राज्यका हरेक क्षेत्रमा आफुहरुको पहुँच पुग्न नसकेको भन्दै संचार माध्यमहरुले अझै आफुहरुका समस्याहरु उजागर गरिदिन सक्नुपर्ने सुझाव दिएका हुन्। 

अपाङ्गता भएका व्यक्तीहरुको ३२ औं अन्तराष्ट्रिय दिवस्का अवसरमा आज नेपाल नेत्रहिन संघ कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका उनिहरुले आफुहरुको पहुँच राज्यका हरेक क्षेत्रमा पुर्याउनको लागि संचार माध्यमहरुको भुमीका महत्वपूर्ण हुने बताएका हुन्। अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका सुर्खेतका सुरेश खड्काले अपाङ्गता भएका व्यक्तीहरुलाई राज्यले अहिलेपनि उपेक्षा गरेको भन्दै यसको निराकरणमा आम सञ्चार माध्यमको भुमीका महत्वपूर्ण हुने बताएका छन। 

उनले अपाङ्गता भएका व्यक्तीहरुलाई नसक्ने भनेर दयालु भावनाले हेर्नुभन्दा पनि उनिहरुको पहुँच राज्यका हरेक क्षेत्रमा पुर्याउनेगरी पैरवी गरिदिन सुझाव दिएका छन । सिम्ता गाउँपालिकाका चेतन सुनारले आफुहरुजस्ता अपाङ्गता भएका व्यक्तीहरुको लागि पहुँचयुक्त सडकहरु नभएको भन्दै त्यतातर्फ पनि सरकारले सोच्नुपर्ने बताएका छन। 

उनले कर्णालीमा निर्माण भएका सडकहरु अपाङ्गता भएका व्यक्तीहरुको पहुँचयुक्त नभएको भन्दै संचारमाध्यमहरुले यसमा पैरवी गर्न सुझाव दिए । अर्का सहभागी शेर बहादुर ओलीले अपाङ्गता भएका व्यक्तीहरुको राजनितिमा पहुँच बढाउनुपर्ने भन्दै कुनै पनि पार्टीले आफुहरुलाई समावेश नगरेको गुनासो गरेका छन। अपाङ्गता भएका व्यक्तीहरुले सञ्चारमाध्यममा आफुहरुका सवालहरु केही रुपमा उठेपनि अझै धेरै बाहिर आउन बाँकी रहेको बताएका थिए।  सहभागीहरुबाट उठेका जवाफ दिँदै नेपाल पत्रकार महासंघ सुर्खेत शाखा अध्यक्ष ललित बसेलले अपाङ्गताका सवालहरु सुर्खेतका सञ्चार माध्यमहरुमा केही रुपमा समेटिएको भन्दै आगामी दिनमा अझै सवालहरुलाई उठाउने प्रतिवद्धता जनाएका छन। उनले मोफसलमा बसेर पत्रकारिता गर्नुपर्ने आफुहरुको बाध्यता रहेको भन्दै त्यसले गर्दा पनि अपाङ्गताको सवालहरु उठ्न नसकेको स्वीकार गरेका थिए। 

पत्रकार महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष गणेशकञ्चन भारती ले संचारमाध्यमले हरेक सवालहरु उठाइरहेको बताएका छन। उनले अपाङ्गता भएका व्यक्तीहरुलाई अपमान हुने खालका शब्दको प्रयोग गर्नहुन्न भनेर चेतना जगाउनको लागि स्थानीय पाठ्यक्रममा समेत समावेश गर्न पैरवी गर्नुपर्ने सुझाव दिएका छन। प्रेस युनियुन सुर्खेतका अध्यक्ष मधुवन विसीले अपाङ्गताका सवालहरु सञ्चारमाध्यममा समेटिएको उल्लेख गर्दै अपाङ्गता सम्बन्धी काम गर्ने संघ संस्थाहरु एकद्वार प्रर्णालीबाट काम गर्नुपर्ने सुझाव दिए। 

नेपाल नेत्रहिन संघ वरिष्ट उपाध्यक्ष खोमराज शर्माले प्रस्तुत गरेको कार्यपत्रमाथी छलफल गरिएको थियो।

कार्यक्रमलाई सर्म्बोधनगर्दै राष्ट्रिय अपागंग महासंघका केन्द्रिय अध्यक्ष देवीदत्त आचार्यले अपागंताका क्षेत्रका सवालमा स्थानियको भुमिका महत्वपुर्णहुने उल्लेख गरेका थिए । उनले सरकारको निती तथा कार्यक्रममा समेत अपागंता भएको ब्यक्तीहरुका अधिकार समेटिन नसकेको उल्लेख गरेका छन। नेत्रहिन संघले कर्णालीका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो। यसैबीच कर्णालीमा ५२ हजारभन्दा धेरै अपाङ्गता भएका व्यक्तीहरु रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा छ। प्रदेशमा न्युन दृष्टि ७ हजार ४ सय ७१, दृष्टिविहिन २ हजार २ सय ६८ गरी ९ हजार ७ सय ३९ दृष्ट्रिबिहिन रहेको तथ्याङ्क छ।

Post a Comment

Previous Post Next Post