आम नागरिकलाई लोकतन्त्रको महत्व दिन आवश्यक छ : सहभागि

सुर्खेत  : आम नागरिकलाई लोकतन्त्रको बारेमा जनचेतनामुल अभियान दिन आवश्यक रहेको सहभागिले बताएका छन । ७५ औँ अन्र्तराष्ट्यि मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज सुर्खेत शाखाद्धारा आयोजित लोकतन्त्रको प्राण ः सुशासन र सद्भाव कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन । 

 सरकार र राजावादी प्रति आक्रोश देखाउदै  शान्तिको आवश््रयक रहेकोले शान्त्तिपुर्णवातावरण सृजना गर्न आवश्यक रहेको बताए ।  सरकार र राजनैतिक दलहरुले नागरिकको भुमिकामा हितहुने खालको वातावरण सिजृना गर्नुपर्नेमा जोड दिएका हुन । देशमा लोकतन्त्रको महत्वका वारेमा आम नागरिकमा जानकारी र चेतनामुलक अभियान शान्ति समाजले नै चलाउनुपर्नेमा सहभागीले बताएका छन । 

 

राजतन्त्रको चर्को बिरोध गर्दै नागरीकलाई उत्पादन र सृजनात्मक कार्यमा लाग्न अभिप्रेरित गर्नशान्ति समाजलाई आग्रह गरेका हुन । शान्ति समाजले सुशासन र भ्रष्टचार विरुद्धका कार्यक्रम ब्यापकरुपमा अन्य संघसंस्थाको साथ लियर अघी बढ्नुपर्ने बताए । सरकार प्रति जनताको बिश्वास गुम्दैजांदा विरोधका आवाज सुनिनुलाई अन्यथा लिन नहुने कर्णाली प्रदेश सचिव प्रकाश शाहीले बताएका छन ।  अधिकारको मात्र वकालत गर्दा नागरिकलाई जिम्मेवारी बोधको कमि भएकोले नागरीकलाई कर्तव्य निष्ठ वनाउनुपर्ने  बताएका छन । 

शान्तिको भावना जागृत गर्न बालबालिकालाई विद्यालय तहवाट नै माथि उठाउनुपर्ने मानव अधिकार तथा शान्ति समाज सुर्खेतका सभापती प्रेम भण्डारीले जानकारी दिएका छन ।



Post a Comment

Previous Post Next Post