वीरेन्द्रनगर मा लैंगिक हिंसा विरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न






संवाददाता । सुर्खेत । आईतबार वीरेन्द्रनगर मा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सीमान्तकृत महिलाहरूका लागि महिला संस्था "वाम " र नागरिक आवाज ललितपुरको आर्थिक सहयोग र आयोजनामा सञ्चालित सामुदायिक सुरक्षा जालो परियोजना र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ , जिल्ला प्रहरी कार्यालय सुर्खेत र कृष्ण मन्दिर टोल को समन्वय र सहकार्यमा सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता , वाम का उपाअध्यक्ष श्री मञ्जु राना क्षेत्री हुनुहुन्थ्यो भने कार्यक्रम को सुरुवात वाम संस्था तथा सामुदायिक सुरक्षा जालो परियोजना कि मनोविमर्श कर्ता मिना भण्डारी ले गर्नुभएको थियो । कार्यक्रम को सहजीकरण तथा प्रशिक्षण महिला तथा बालबालिका केन्द्र की प्रमुख संगीता रसाइली ले गर्नु भएको थियो । कार्यक्रम मा कृष्ण मन्दिर टोल का अध्यक्ष ध्रुव ध्वज शाही , आदर्श टोल विकास संस्था का अध्यक्ष चन्द्र राज सापकोटा , नेपाल राष्ट्रिय आधारभूत विद्यालय चिसापानी कि प्राचार्य तेजकुमारी चपाई, महिला तथा बालबालिका सेल कि कल्पना न्यौपाने , भैरव युवा शसक्तिकरण का अध्यक्ष ललित भट्टराई र वडा नं ५ का विभिन्न टोल का अध्यक्ष हरु तथा नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।






उक्त कार्यक्रम मा लैंगिक हिंसा का प्रकार तथा कस्ता हिंसा लाई लैंगिक हिंसा भनिन्छ जस्ता कुरा मा प्रशिक्षण दिइएको थियो । कार्यक्रम मा ललित भट्टराई , कृष्णमन्दिर टोल विकास संस्थाका अध्यक्ष ध्रुवधवोज शाही , आदर्श टोल विकास संस्था का चन्द्रराज सापकोटा , नेरा आवि कि प्राचार्य तेजकुमारी चपाई लगायतले लैंगिक हिंसा को बारेमा प्रष्ट पार्दै आफ्ना क्षेत्रमा सम्भाव्य लैंगिक हिंसालाई कसरी न्यूनीकरण गर्न सकिन्छ र लैंगिक हिंसा हुन नदिन के गर्नु पर्छ भनी भनाइ राख्नु भएको थियो ।विभिन्न क्षेत्रबाट उल्लेखनीय सहभागिता रहेको कार्यक्रम मा लैंगिक हिंसा विरुद्ध जनचेतनामुलक संदेश प्रवाह गरेको आयोजक ले जनाएको छ ।






















Post a Comment

Previous Post Next Post