सुर्खेत : कर्मचारी सञ्चयकोषले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ । ६ करोड ७२ लाख ३४ हजार लागतमा भवन निमार्ण भएपछि विहिबार देखि कोषले आफ्नै भवनबाट सेवा सुरु गरेको हो । विहिबार आयोजित एक कार्यक्रमका बिच कोषका सञ्चालक समितिका अध्यक्ष डा. राम प्रसाद घिमिरेले कार्यालयको उद्घाटन गरेका हुन ।
कर्मचारीलाई सेवा सुविधा प्रदान गर्ने उद्देश्यले अन्य कार्यलयबाट सेवा दिदै आएको सञ्चय कोषले अब आफ्नै भवनबाट सेवा दिन लागेको डा. घिमिरेले बताएका छन । सञ्चयकोषले आफ्ना सञ्चयकर्ताहरुलाई स्थानिय स्तरमा कोषको सेवा सुविधा दिने उद्देश्यले कार्यालय स्थापना गरेको बताए ।
सञ्चय कोषका लागि कर्मचारी नै एकजुट भएर लाग्नुपर्ने बताएका छन । कर्मचारी संङकलनले मानिसको शारिरीक तथा मानसिक रुपमा पनि बलियो बनाउने बताएका छन । संस्थामा व्यक्ति बन्नु भन्दा पनि संस्था बन्नु ठुलो कुरा भएको बताए । सञ्चय कोषका लागि आफुले गर्न सक्ने खालको सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता समेत जनााएका छन । सेवा ग्राहीलाइ कुनै समस्या नहुने गरि सेवा दिने बताएका छन । काम गर्दा मैले मात्र गर्ने भन्ने खालको वातावरण सिर्जना नगरि सेवा दिने र कुराले हैन कामले ठुलो हुनुपर्ने बताएका छन । सेवामा गुणात्मक ल्याउनका लागि काममा सुधार गर्नेमा जोड दिएका छन । सञ्चय कोषले उपलब्ध दीर्घकालिन बचतलाई देशको पुर्वाधार बिकासको क्षेत्रमा उपयोग गरी आर्थिक विकासमा योगदान गर्ने र मनोबलका लागि प्रेणा दिने डा.घिमिरेले जानकारी दिए ।
यस्तै विभागिय प्रमुख तथा कर्मचारी युनियनका प्रतिनिधि धर्मराज ढुङ्गानाले कर्मचारी सञ्चाय कोषका कारण गििशलको ढङ्गबाट काममा अघि बढ्ने बताएका छन । सञ्चयकोषलाई सहकारी र सहमतीका रुपमा अघि बढाउनुपर्ने बताए । आर्थिक रुपमा सेवासुविधा प्रदान गर्न यस संस्थाको स्थापना गर्न आवश्यक रहेको ढुङ्गानाले बताए ।
सञ्चय कोष वि.सं. २०६९ आषाढ २९ गते १ करोड २२ लाख १० हजारमा ११ कठ्ठा २ धुर जमिन सुर्खेत उपत्यका नगर विकास समितिबाट खरिद गरिएको थियो । शाखा कार्यालय भवन, कार्यालय प्रमुखको लागि आवास तथा गेष्ट हाउस, गार्ड हाउस, विद्युतिय कोठा, क्यान्टिन, पाकिङ्ग सेड निर्माण गर्नका लागि मु.अ.कर सहित रु.८,८७,९७,६९४÷२५ लागत अनुमान स्वीकृत भएको छ ।
निर्माण व्यवसायि सनलाइट वाइ.एस.एस । जिभि धनगढिसंग २०७७÷०३÷१६ मा मु.अ.क समेत रू. मु.अ.कर समेत रु ६,७२,३४,२३६÷३३ मा संझौता भई मिति २०७७÷०४÷०१ देखि लागु हुने गरि १८ महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी कार्यादेश दिएकोमा निर्माण व्यवसायीले कोभिड १९ को कारण लकडाउन, निषेधाज्ञा, निर्माण होलिडे लगायतका कारण तोकिएको समयमा कार्य सम्पन्न गर्न नसकि नेपाल सरकारको निर्णयानुसार थप गरिएको मिति २०८०÷०६÷३० मा सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी भवन हस्तान्तरण गरेको थियो । पेश भएको अन्तिम विलसम्मको कुल भुक्तानी मु.अ.कर सहित रु.६,३६, ४१,०००, मूल्य समायोजन वापत रु.४० लाख भुक्तानी भएको छ ।
यस्तै कार्यक्रममा कर्मचारी सञ्चय कोष सुर्खेतका प्रशासक अध्यक्ष जितेन्द्र धितालले राष्ट्रिय सामाजिक सुरक्षण प्रदायक भुमिकाले कोषलाई अन्र्तराष्ट्रिय स्तरको सामाजिक सुरक्षण संस्थाको रुपमा स्थापिग गर्ने बताएका छन । प्रभावकारी श्रोत परिचालन, दिगो एवं आकर्षण सुविधा, गुणस्तरीय सेवा दिने लक्ष्य रहेको बताएका छन । सञ्चयकोषले सामाजिक सुरक्षणको प्रत्याभुति दिई कोषले सन्तुष्ट दिने बताएका छन ।
Post a Comment