लगाममा नेपाली सेनाको स्वास्थ्य शिविर









सुर्खेत ः सुर्खेतको पश्चिम लगाममा नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शनिबार चौकुने गाउँपालिका–२ लगाममा सुर्खेतमा रहेको श्री कालीबहादुर गणको आयोजना र श्री ज्योति फाउडेसन र आखाँ अस्पतालको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेको दुर्गम गाउँमा पुगेर नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको गणपति प्रमुख सेनानी शैलेन्द्र सिलवालले कताएका छन ।

‘नेपाली सेनाले गर्ने सामाजिक सेवाअन्तर्गत हामीले स्वास्थ्य शिविर सञ्चाल गरेका हौं, पालिकाका जनप्रतिनिधिसँगको समन्वयमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच नभएको गाउँ रोजेका हौं।’ उनले भने । यसले सर्वसाधारण र नेपाली सेनाबीचको सम्बन्ध सुधार हुने बताए ।

शिविरमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत जनरल सर्जन डा. उपेन्द्रकृष्ण रेग्मी, स्त्रीरोग तथा प्रसुति विशेषज्ञ डा. रोजी यादव, नेपाली सेनाका उपसेनानी डा. मोनिमा महर्जन, प्रदेश अस्पतालकै डा. दर्पण नेपाली, सुर्खेत आँखा अस्पतालका ओपिडी ईञ्चार्ज अरुण गुप्ताले सेवा दिएका छन ।

शिविरमा चौकुने गाउँपालिकाका वडा नम्बर १, २ र ३ का माथिल्लो लगाम, तल्लो लगाम, बडासैन, पोखरे, साताबोला, धम्मु, फिचला, मौरीबन, पिपलकुन्टा, कोसेडा, सिमलखेत, हल्दुखेत, धनरास, पग, सोत, तोलीसैन, रानागैरा, धामीसैन, तालागाउँ, केलाबोट, चायबोट, काप्रीकाँडा, सिमली, धौलीछायाँ, दानीगौडा, सातसल्ली, सिमलगैरा, धौलेकाँडा, थापाथैली, गहुँखाडा गाउँका नागरिकले सेवा लिएका छन ।यी गाउँका ४ सय बढीले शिविरबाट सेवा लिएका छन ।

स्वास्थ्य सेवा लिन गाडी खोजेर टाढा जानुपर्ने बाध्यताबीच गाउँमै शिविर चलाएर आफूलाई सहज भएको स्थानीय रतनसिं बान्तोलाले बताए । ‘भनेको बेला गाडी नै पाइँदैन, जटिल रोग लागिहालेमा तत्कालै अस्पताल जान सकिने अवस्था पनि छैन,’ उनले भने, ‘दुर्गमको समस्या बुझेर शिविर चलाएपछि हामीले सामान्य भएपनि गाउँमै चेकजाँच गर्न पाएका छौं।’

गाउँपालिकामा नेपाली सेनाले पहिलो पटक शिविर चलाएको गाउँपालिकाका अध्यक्ष खड्क विकले बताए । ‘सडकको राम्रो सुविधा नभएका यहाँका गाउँबाट गुणस्तरीय सेवा लिन सदरमुकामसम्म जान पनि समस्या छ, यस्तो अवस्थामा गाउँमै आएर सैनिकले शिविर चलाएपछि स्थानीयलाई राहत भएको बताएका छन । गणपति सिलवालका अनुसार शिविरमा स्त्री तथा प्रसुति रोग, आँखा सम्बन्धि समस्या, जनरल सर्जरी, अन्य साधारण रोगको जाँच तथा उपचार गरिएको छ । शिविरमा जाँच गराउन आएकाहरुलाई आवश्यक औषधि पनि वितरण गरिएको छ ।

Post a Comment

Previous Post Next Post