काठमाण्डौँ : इजरायली आक्रमणमा परी गाजामा १०० जना पत्रकार मारिएको गाजाको सरकारी मिडियाले जनाएको छ । मिडिया कार्यालयका अनुसार, पछिल्लोपल्ट प्यालेस्टाइनी पत्रकार मोहम्मद अबु ह्वेदी शनिबार मारिएका छन् । उनी गाजा शहरको पूर्वी क्षेत्रस्थित आफ्नो घरमा इजरायली आक्रमणमा मारिएका हुन् ।
कार्यालयले टेलिग्राममा भनेको छ, ‘इजरायली हवाई आक्रमणमा पत्रकार मोहम्मद अबु ह्वेदीको शहादतपछि गाजा क्षेत्रमा क्रूर युद्धको सुरुवातयता मारिएका पत्रकारको संख्या पुरुष र महिला गरी १०० जना पुगेको छ । गाजास्थित प्यालेस्टाइनी अधिकारीका अनुसार, यो संख्या अझै बढी हुन सक्ने जनाइएको छ ।
यद्यपि, पत्रकारहरूको सुरक्षा गर्ने समितिको एक रिपोर्टअनुसार, संघर्षमा कम्तीमा ६९ पत्रकार मारिएका छन्, जसमा अल जजिरा अरबीका क्यामेरा पर्सन समिर अबुदाका पनि छन् । गाजामा ५० भन्दा बढी मिडिया कार्यालय इजरायली आक्रमणमा परी पूर्ण वा आंशिक रूपमा नष्ट भएका छन् ।
Post a Comment