बालकुमारी घटना: आन्दोलनमा मारिएका युवाको आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन


 सुर्खेत : शुक्रबार बालकुमारी ललितपुरमा आन्दोलनरत दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृतात्माको चिर शान्तिको कामना गर्दै शनिबार वीरेन्द्रनगर ५ को हनुमान चोक मा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । शान्तिपूर्ण तवरले आयोजनामा भएको कार्यक्रममा करिब ४ दर्जन मानिसहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लोक बहादुर शाहीले सरकारले देश मै रोजगारी सिर्जना गर्न नसक्नु कमजोरी रहेको र युवाहरु आन्दोलन गर्दा शान्तिपूर्ण तवरले गर्नुपर्ने कुरा जोड दिएका छन।


 स्थानीय युवा तथा समाजसेवीहरुले गरेको कार्यक्रममा बोल्दै स्थानिय शंकर आचार्यले सरकारले आफ्ना कमीकमजोरी ढाकछोप गरी रोजगारी देऊ भन्दा पनि युवा मारिनु पर्ने प्रवृति हटाउनु पर्ने बताए । स्थानिय शैलेन्द्र पाठकले युवलाई आन्दोलन गर्न बाध्य नपार्ने अवस्था सिर्जना गर्न अनुरोध गरेका छन। उक्त कार्यक्रममा समाजसेवीले पीडित परिवारलाई यथाशीघ्र राहत उपलब्ध गराउनुपर्ने कुरा राखेका थिए । उक्त दीप प्रज्वलन कार्यक्रमपश्चात  यस्ता घटना नदोहोरिने भन्ने विश्वासका साथ मृतक प्रति भावपुर्न श्रदानञ्जली तथा शोकाकुल परिवार प्रति धैर्यधारण गर्ने शक्ति मिलोस भनेर कामना गरिएको छ । 

Post a Comment

Previous Post Next Post