सुर्खेत : निर्माण सामाग्रीको गुणस्तर परीक्षणका लागि कर्णाली प्रदेशमै पहिलो पटक ल्याव स्थापना गरिएको छ । व्वयसायी जयप्रकाश पौडेलले ल्याव स्थापना गरेका हुन् । वीरेन्द्रनगर(१० मा पौडेलले गंगनमाला इन्जिनियरिङ ल्यावरेटरी एण्ड डिजाइनर्स प्रालिका नामबाट ल्यावको स्थापना गरेका हुन् ।
ल्यावको उद्घाटन गर्दै कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशभित्र निर्माण सामाग्रीहरूको गुणस्तर परीक्षण नहुँदा कर्णाली विकासको गतिमा पछाडि परेको बताए । निर्माणमा प्रयोग हुने सामाग्रीहरू परीक्षणका लागि बाहिरी जिल्लाहरूमा जानुपर्दा समयमा काम नहुने समस्या थियो, उनले भने, अब कर्णालीमै गुणस्तर परीक्षण हुने भएपछि विकास-निर्माणको कामले पनि गति लिन्छ ।
उनले समयको महत्वलाई सबैले बुझ्न आवश्यक रहेको बताए । सडकको काम किन ढिलो भयो ररु भवन किन बनेन् र रु भनेर प्रश्न गर्दा ल्यावको रिपोर्ट आएको छैन् भन्ने सुनिन्छ, उनले भने, अब ल्यावको बहानामा काम ढिलो गर्ने छुट कसैलाई छैन् ।
कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले अब कर्णालीमा निर्माण हुने योजनामा प्रयोग हुने भौतिक सामाग्रीको गुणस्तर परीक्षण गर्नका लागि प्रदेश बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको बताए ।
निर्माण व्यवसायीसमेत रहेका सन्चालक जयप्रकाश पौडेलले निर्माण सामाग्रीहरूको ल्याव परिक्षण गर्न प्रदेश बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले करिव एक करोड रूपैयाँको लागतमा निर्माण सामाग्री परिक्षण मेसिनहरू जडान गरिएको बताए ।
Post a Comment