सुर्खेत : नेपाल प्रहरी श्रीमती संघको कर्णाली प्रदेश कार्यालयको उद्घाटन गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश कार्यालयको नेपाल प्रहरी श्रीमती संघ केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवरले उद्घाटन गरेकी हुन । कार्यालय भवनको उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष कुँवरले नेपाल प्रहरी श्रीमती संघले कर्णाली प्रदेशमा छोटो समयमा महत्वपूर्ण काम गरेकोले आगामी दिनमा यस्ता कामहरुले निरन्तरता पाउँने र थप परिस्कृत तथा रचनात्मक कार्यहरु गर्दै जानेमा विश्वस्त रहेको बताउँदै संघको तर्फबाट गर्नुपर्ने हरेक सहयोग तथा सहकार्यका लागि आफुहरु तयार भएको बताईन् । नेपाल प्रहरी श्रीमती संघले समाज परिवर्तनका लागि आफुहरु सधै तयार रहेको बताएकी छिन ।
कार्यालयको उद्घाटनमा बोल्दै नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष विन्दु ढकालले नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशले कार्यालयको स्थापना पश्चात थप सशक्त भएर आगामी दिनमा कार्यक्रमहरु गर्दै जाने बताईन । कर्णाली प्रदेशमा अझैपनि श्रीमती संघले थुप्रै कार्यक्रमहरु आयोजना गर्ने उदेश्य लिएको जनाइन ।
नेपाल प्रहरी श्रीमती संघको आयोजना र कर्णाली प्रदेश प्रहरी श्रीमती संघले जाजारकोट र रुकुम पश्चिमका भूकम्पबाट प्रभावितहरुलाई राहात वितरण, राउटे बस्तिमा स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरणका साथै देउती बज्यै सरसफाई, मानवसेवा आश्रममा सहयोग तथा खाने खुवाउने कार्यक्रम , नेपाल पुलिस स्कुल सुर्खेतमा छात्रवृति तथा शैक्षिक सामाग्री हस्तान्तरणका साथै बृक्षरोपण कार्यक्रम पनि संचालन गरिएको थियो ।
Post a Comment