"हम्मा यहाँ कोही छियानन् तमि बाबु आइकन आजसम्म हेरचाह गर्यौ , अरु पनि धेरै आएका थिया तर आजसम्म तमिल धेरै हेर्यौं , आफ्नु काम छोडिकन हामीलाई ओक्तोमुलो दियौ धन्यवाद छ तमिलाई शंकर बाबु "
प्रदेश अस्पताल सुर्खेत बेड नं २४ मा एकजना डिस्चार्ज हुँदै गरेका व्यक्तिले शंकर आचार्य लाई भन्दै थिए ।
गत कात्तिक १७ गते जाजरकोट को बारेकोट केन्द्रविन्दु बनाएर गएको भुकम्प मा परी सयौँ को ज्यान र उत्तिकै संख्यामा जनधन को क्षति भयो । घाइतेहरू कसैलाई जिल्ला अस्पताल , कसैले कर्णाली प्रदेश अस्पताल सुर्खेत र कसैलाई भेरी अञ्चल अस्पताल नेपालगंज मा उपचारका लागि लगियो । प्रदेश अस्पताल सुर्खेत मा थुप्रै घाइते हरु ल्याइए । सुरुसुरुमा घाइतेहरुको हेरचाह गर्ने सहयोगी मन हरु थुप्रै आए तर समय बित्दै जाँदा उनीहरूको पनि कार्य व्यस्तताका कारणले होला हेरचाह गर्ने मान्छे काम हुँदै गए र केही सीमित मान्छे हरु उनीहरूको हेरचाह गर्दै थिए ।
तिनै हेरचाह गर्ने मध्ये का अग्रपंक्ति मा थिए शंकर आचार्य । झट्ट हेर्दा आफ्ना साथी भाइहरू संग घुम्दै , रमाउँदै गर्ने उमेर छ शंकर को तर उनी घाइते हरुको हेरचाह मा तल्लीन रहँदै आएका छन् । हुनत उनी यहाँ मात्रै हैन थुप्रै समाज सेवा का काम मा लागि परिरहेका हुन्छन् यो त एउटा प्रतिनिधि घटना मात्रै हो । शंकरले घाइते हरुको अन्तिमसम्म हेरचाह गरिरहेका छन् । अहिले प्रदेश अस्पताल मा १-२ जना मात्रै बाँकी छन् तिनैको हेरचाह गर्न उनी त्यहाँ दैनिक ३-४ पल्ट गैरहन्छन् ।
स्नातक पढ्दै गरेका पेसा ले विद्यार्थी उनी आफ्नो बलबुतामा ले सकेसम्म सामाजिक काम मा सहभागी भएरै छाड्छन् ।
हाम्रो टिम ले उनीसँग बुझ्दा " समाज मा अफ्ठेरो परेको मान्छे देख्यो भने सहयोग नगरी मलाई आत्मसन्तुष्टि नै मिल्दैन " भन्दै थिए । हुन त शंकर जस्ता धेरै मान्छे जन्मिएका होलान् तर अहिले को परिस्थितिमा उनको उमेरका सामाजिक कार्यमा लाग्ने गरेका मान्छे विरलै भेटिन्छन् । फरक प्रसङ्ग मा उनी भन्छन् "आजभोली म मात्रै हैन मेरो कुरा मान्ने साथीहरूलाई आफ्नो दैनिक जीवन को केहि समय सामाजिक कार्यमा छुट्याउ भन्छु " । सरल स्वभावका उनी सबैलाई सम्मानका साथ व्यवहार गरिरहेका हुन्छन् ।
साँच्चै उनलाई भुकम्प मा परी गहाइटे भएका हरु ले अन्तर्मन देखि आशीर्वाद दिरहेका छन् ।
Post a Comment