सुर्खेत : कर्णाली प्रदेशमा पहिलो पटक रग्वी प्रतियोगिता हुने भएको छ। प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिवारदेखि प्रतियोगिता सुरु हुने भएको हो।
प्रदेश खेलकुद विकास समितिको सहयोग तथा गोर्खाली रग्वी क्लबको प्राविधिक सहयोगमा कर्णाली प्रदेश रग्वी सङ्घले उक्त प्रतियोगिताको आयोजना गरिएको हो। सङ्घका अध्यक्ष सुरेन्द्र कुँवरका अनुसार खेलमा ७ जिल्लाको सहभागिता रहने छ। समूह ‘ए’ मा चार र ‘बि’ मा तीन ओटा समूह हरु रहने छन्।
खेलमा दैलेख, सुर्खेत, जुम्ला, कालिकोट, सल्यान, रुकुम, मुगुका खेलाडीले सहभागिता जनाउने भएका छन्।
खेलमा विजेता खेलाडीले कप मेडल र प्रमाणपत्र पाउनेछन्। स्थानीय खेलाडीलाई दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। जी कर्णालीमा यो खेलप्रति सरकारी चासोको विषय बन्न नसकेको समेत आयोजकको गुनासो छ।
Post a Comment