सुर्खेत : कर्णाली प्रदेशको बालविवाह अन्त्यका लागि प्रादेशिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
हामी सबैको एक्यवद्धता, बाल विवाह विरुद्ध साझा प्रतिवद्धता भन्ने मुल नाराका साथ कर्णाली प्रदेशको बाल विवाह अन्त्यका लागि प्रादेशिक रणनितीक योजना ९२०८०/२०८७ को मस्यौदा उपर सुझाव संकलन तथा परामर्श कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
उक्त कार्यशालामा दर्जन बढी बाल विवाह विरुद्धको रणनीतिक योजनाबारे सुझाव संकलन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य तथा सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले रणनीति बनाउने भन्दा पनि कार्यान्वयन गर्ने कुरामा जोड दिनुपर्ने बताएका छन ।
बाल विवाह विरुद्ध साँझ अभियान सञ्जालको संयोजक तथा आवाज संस्थाका निर्देशक पवित्र शाहीले बाल विवाह अन्त्य गर्नको लागि नागरिक समाजलाई सरकारले सहयोग गर्नु पर्ने बताएकी छिन ।
यस्तै सामाजिक विकास मन्त्रालय अन्तर्गत महिला , बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखा प्रमुख अनिता ज्ञवालीले रणनितीक योजना जारी गरेर बाल विवाह विरुद्ध सक्रिय रूपमा लागि पर्ने र न्यूनीकरण गर्ने बताएकी छिन ।
कर्णाली प्रदेशका १० जिल्लाका ३० स्थानीयतहका उपप्रमुख तथा उपाध्यक्ष , सामाजिक क्षेत्रका व्यक्ति उपस्थिती रहेको थियो । सामाजिक विकास मन्त्रालय कर्णली प्रदेशले आयोजना गरेको कार्यशाला गोष्ठीमा आवाज संस्था , बाल विवाह विरुद्ध साझा अभियान सञ्जाल , वातावरण सुधार समाजको समन्वयमा भएको थियो ।
Post a Comment