तस्वीर : किशोर नेपाल
२३ मंसिर २०८०
सुर्खेत । वीरेन्द्रनगर जूनियर जेसिज वर्ष २०२३ ले सुर्खेत मा " Time Management Training" - समय व्यवस्थापन तालिम सम्पन्न गरेको छ । जेसिस सचिवालय वीरेन्द्रनगर सुर्खेत मा शनिवार भएको तालिममा विभिन्न क्षेत्रबाट सहभागी भएका युवा हरु लाई , अहिले को व्यस्त जीवनशैली मा समय लाई उपयुक्त तरिकालाई कसरी व्यवस्था गर्न सकिन्छ भनेर सो तालिम आयोजना गरिएको वीरेन्द्रनगर जूनियर जेसिस वर्ष २०२३ का अध्यक्ष रूप बहादुर बुढा क्षत्री ले जानकारी दिनुभयो । उक्त तालिम प्रशिक्षण वीरेन्द्रनगर जेसिज का पूर्व अध्यक्ष तथा TOT Graduate Trainer शैलेन्द्र पाठक ले दिनु भएको थियो भने तालिम को प्रमुख अथिति को रूप मा वीरेन्द्रनगर जेसिज वर्ष २०२३ का अध्यक्ष डिल्लु प्रसाद ढुंगाना हुनुन्थ्यो भने विशेष अथिति को रूपमा वीरेन्द्रनगर जूनियर जेसिज का पूर्व अध्यक्ष तथा दैलेख जेसिज का पूर्व अध्यक्ष राजकुमार सिजापति हुनुहुन्थ्यो । तालिममा विभिन्न क्षेत्रबाट बाट करिब २५ जना को सहभागी थियो ।
सो तालिमबाट अहिले युवाहरुले समय व्यवस्थापन बारे थोरै भएपनि उपयोगी भएको आयोजक ले जानकारी दिएको छ ।
तालिम को संयोजन शंकर आचार्य र जीवन जैसीले गर्नु भएको थियो ।
Post a Comment