सुर्खेत : नेपालको सर्वाधिक विश्वासिलो जीवन वीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स सुर्खेत शाखाले मृत्यु दावी रकम भुक्तानी गरेको छ । बिरेन्द्रनगर ३, सुर्खेत निवासी योगेश खत्रीको मृत्यु पश्चात निजको श्रीमती शान्ति कुमारी भण्डारी खत्रीलाई दावी रकम हस्तान्त्रण गरिएको हो ।
५ बर्ष पहिले ५१ लाख १८ हजार वीमाङ्कको जीवन वीमा गराउनुभएका योगेशको केही समय पहिले अचानक मृत्यु भएको थियो । उक्त वीमा वापतको वीमाङ्क रकम र वोनस रकम मध्ये उहांले लगेको ऋण रकम र नयां वीमा वापतको प्रिमियम कट्टि गरि रु ३७८८३२५ को चेक हस्तान्त्रण गरिएको कम्पनीले जनाएको छ ।
उक्त कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष श्री लक्ष्मण कंडेल, नेपाल लाइफ कर्णाली प्रदेश प्रमुख अनन्त अधिकारी, अभिकर्ता संध अध्यक्ष संतोष शर्मा, ब्यबसायी धन बहादुर रावत, सिनियर एएम कमल गुरुङ, शाखा प्रमुख चक्र बहादुर विष्ट लगाएतको उपस्थिति रहेको थियो ।
चेक हस्तान्त्रण गर्दै अध्यक्ष कंडेलले हाम्रो जीवन अनिश्चित छ, कहिले कहां टुंगिने हो पत्तो हुदैन त्यसैले आश्रीतका लागी जीवन वीमा आवश्यक रहेको बताउदै सरल र सहज प्रकृयाबाट वीमाको रकम प्राप्त गर्दा वीमा कम्पनी प्रति विश्वास बढ्ने धारण राखेका थिए।
त्यस्तै कर्णाली प्रदेश प्रमुख अधिकारीले नेपाल लाइफले प्रदान गर्ने वीमा सेवा सहज र सरल भएकोले नै नेपाल लाइफ प्रति विश्वास बढ्दै गएको बताउदै आगामी दिनमा अझ परिस्कृत रुपमा वीमा सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।
Post a Comment