सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगिता : त्रिभुवन आर्मी क्लबलाई हराउदै नेपाल पुलिस क्लब फाइनलमा

सुर्खेत : सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको सेमिफाइनलमा पुलिसले साविक विजेता आर्मीलाई तिन शुन्यले हराउदै उपाधि नजिक पुगेको छ।

अपराजित रहदै सेमिफाइनल पुगेको आर्मीलाई पुलिसले पहिलो हार दिएको छ। निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेट पुलिसले आर्मीलाई २५-२१ मा पराजितगर्दा दोस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्यो।



तेस्रो सेटमा ४-४ को बराबरीबाट लगातार ९ अंक जोड्दै अघि बढेको पुलिसले सहजै आफ्नो पक्षमा पारेको थियो।त्यसपछि निकै दबाबमा रहेको आर्मीलाई  २५-१९ मा पाखा लागाउदै पुलिसले एपिएफ संगको भेट पक्का गरेको हो।यस्तै आजै भएको अर्को खेलमा साविक विजेता एपिएफ फाइनलमा पुगेको छ।

गण्डकी प्रदेशलाई ३-० ले हराँउदै एपिएफ उपाधि रक्षाको नजिक पुगेको हो। एपिएफले गण्डकीलाई २५-२३,२५-२० र २५-१५ ले पराजित गरेको थियो। पहिलो सेटमा एक‌ समय १०-९ को अग्रता बनाएको गण्डकीले त्यसलाई जोगाउन सकेन।

Post a Comment

Previous Post Next Post