वीरेन्द्रनगर जेसिस र जूनियर जेसिस को संयुक्त पद हस्तान्तरण कार्यक्रम सम्पन्न

 


सुर्खेत ।  शुक्रवार  वीरेन्द्रनगर जुनियर जेसिस र बिरेन्द्रनगर जेसिसको संयुक्त रुपमा पद हस्तान्तरण कार्यक्रम भएको छ।  उक्त कार्यक्रममा वीरेन्द्रनगर जुनियर जेसिस र वीरेन्द्रनगर जुनियर जेसिस का पदाधिकारी लगायत थुप्रै युवा हरुको उपस्थिति रहेको थियो। कार्यक्रममा विशेष अतिथि नेपाल जेसिस वर्ष २००५ का अध्यक्ष गेहेन्द्र प्रसाद दाहाल हुनुनथ्यो  भने अतिथि हरु कांग्रेसका नगर कमिटी सभापति उपेन्द्र खड्का लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह  को प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा अन्य विभिन्न सामाजिक ,बौद्धिक ,राजनीतिज्ञ प्राध्यापक  लगायत युवा नेतृत्वहरूको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा वर्ष २०२३ का अध्यक्ष डिल्लु प्रसाद ढुङ्गानाले वर्ष २०२४ का अध्यक्ष हिक्मत सापकोटालाई पद हस्तान्तरण एवं शपथ ग्रहण गराउनु भएको थियो। यसैगरी वीरेन्द्रनगर जुनियर जेसिसका अध्यक्ष रूपबहादुर बुढा क्षेत्रीले २०२४ का अध्यक्ष शंकर आचार्यलाई पद हस्तान्तरण समेत गर्नुभएको थियो। यसैगरी वीरेन्द्रनगर जेसिस वर्ष २०२४ का लागि अध्यक्षमा एकमा सापकोटा कार्यकारीणी उपाध्यक्षमा जनक बुढा दिलिपजंग शाही उपाध्यक्षहरूमा रविन सापकोटा भावुक रिजाल अमर खत्री पवन पौडेल। यसैगरी महासचिवमा महेन्द्र थापा कोषाध्यक्षमा सुदीप गौतम मनोनित हुनुभएको छ। यसैगरी जुनियर जेसिस अध्यक्षमा शंकर आचार्य , कार्यकारीणी उपाध्यक्ष बिमल जैसी, हरिबहादुर शाही उपाध्यक्ष पुष्पा खड्का विशाल रावल ,मदन बहादुर थापा , किरण अधिकारी हुनुभएको छ।  महासचिवमा धीरेन्द्र बयक कानुनी ,सल्लाहकारमा पवन शाही, कोषाध्यक्षमा आरती जिसी हुनुभएको छ। उक्त कार्यक्रममा वीरेन्द्रनगर जेसिसका पूर्व अध्यक्षहरूले वीरेन्द्रनगर जेसिस कर्णाली प्रदेशको आर्थिक सामाजिक परिवर्तन गर्नका लागि र परिवर्तनका निम्ति सदैव तयार भएको एउटा विश्वविद्यालय हो भनेर पनि तर्क दिनुभएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै कर्णाली प्रदेशका आर्थिक तथा मामिला मन्त्री बेदराज सिंहले कर्णाली प्रदेश सरकारले आफू आर्थिक तथा योजना मन्त्री भइसकेपछि नयाँ नयाँ प्याकेज र युवाहरूको नेतृत्वको लागि युवाहरूको रोजगारका निम्ति धेरै योजनाहरु ल्याएको र त्यो योजनालाई कार्यान्वयन गर्न आफू निरन्तर रुपमा लागिरहेको र कर्णाली प्रदेशलाई आर्थिक विकास सामाजिक विकासका निम्ति सदैव आफू निरन्तर रुपमा लागिरहेको कुरा बताउनु भएको थियो ।यसैगरी युवाहरूको वैदेशिक पलायन रोक्न  कर्णाली प्रदेश सरकारले विभिन्न प्रयासहरु गरिरहेको र रोजगारका निम्ति विभिन्न अनुदानका प्याकेजहरू पनि ल्याएको कुरा जानकारी गराउनु भएको थियो। यसैगरी उक्त कार्यक्रममा २०२४ का लागि नेपाल जेसिस उपाध्यक्ष हुनुभएकी सुर्खेत महिला जेसीस वर्ष २०२३ कि अध्यक्ष सीता भण्डारी ज्यूलाई पनि सम्मान गरिएको थियो। उक्त कार्यक्रमको समापन विरेन्द्रनगर जेसीस वर्ष २०२४ का अध्यक्ष हिक्मत सापकोटाले गर्नुभएको थियो।

Post a Comment

Previous Post Next Post