रमा के.सी(सम्पादक) दुल्लु नगरपालिकाले स्थानिय पाठ्यक्रम "हाम्रो संस्कृति: हाम्रो परम्परा" निर्माण गरेबापत ४ जना बिषय विज्ञ लाई सम्मानित गरेको छ।
सम्मानित हुनुहुने मा नेपाल प्रज्ञा प्रतष्ठानका प्रज्ञा, साहित्यकार दुल्लु नपा ७ निवासी डा. मधुसुदन गीरी, भैरवी गाउँपालिका २ हुमेगाउ निवासी साहित्यकार ओम रिजाल, भैरबी गाउँपालिका ३ कोइराला निवासी लोक साहित्यका विज्ञ नारायण तिमीलसेना लागि सम्मानित गरेको छ। स्थानीय पाठ्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा , निर्माण समितिको तिमिल्सेना संयोजक , भण्डारी र रिजाल सदस्य थिए ।
स्थानिय पाठ्यक्रमको प्रबोधिकरण कार्यक्रमको क्रमसम्मानित गरिएको दुल्लु नगरपालिकाको उप प्रमुख बिना कार्कीले बताइन । सस्कृति संरक्षणमा विज्ञहरुको मेहेनतको कारण पाठ्यक्रम तयार भएको र यसले सामाजिक विकसमा महत्वपूर्ण भूमिका खेल्ने धारनन राखेकी थिइन । प्रदेश सभा सदस्य घनश्याम भन्डारीले पैसाको लागि नभएर पहिचानको लागी तयार परिएको पाठ्यक्रम प्रबोधिक्रणले संस्कृति संरक्षणमा नया ऊर्जा प्राप्त भएको बताएका छन। पालिकाले सम्मानित गर्दा आफूले गरेको कर्म प्रति गौरवको अनुभूति भएको संयोजक नारायण तिमिल्सेनाले बताएका छन ।
Post a Comment