सूचनाको हक सम्बन्धी साक्षरताका लागि एक दिने कार्यशाला सम्पन्न





वीरेन्द्रनगर जूनियर जेसिस र Optimist Club of surkhet को आयोजनामा वीरेन्द्रनगर मा सूचनाको हक सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न भएको छ । करिव ५ दर्जन सहभागी भएको उक्त कार्यक्रम वीरेन्द्रनगर स्थित जन नमूना मावि वीरेन्द्रनगर को सभा हल मा सञ्चालन गरिएको थियो । कार्यक्रममा सहभागी हरु लाई सूचनाको हक कसरी प्रयोग गर्ने , कस्ता कस्ता सूचना कुन कुन कार्यालय बाट उपलब्ध हुन्छ भनी प्रशिक्षण दिइएको थियो । मुख्य प्रशिक्षक लक्ष्मी प्रसाद पौडेल ले सूचना को हक सम्बन्धी सम्पूर्ण जानकारी प्रेषण गर्नु भएको थियो भने जिल्ला प्रहरी कार्यालय सुर्खेत मा कार्यरत प्रहरी सहायक निरीक्षक विनोद कार्की ले सहजीकरण गर्नु भएको थियो । 


उक्त कार्यक्रममा प्रमुख वक्ताका रूपमा कर्णाली प्रदेश सरकारका सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीज्यूले गर्नुभएको थियो। कार्यक्रम मा बोल्दै वीरेन्द्रनगर नगर कमिटी का सभापति उपेन्द्र खड्का ले वर्तमान अवस्था मा सूचनाको हक सम्पूर्ण जनता ले प्रयोग गर्नु पर्ने कुरा मा जोड दिनु भएको थियो । कार्यक्रम मा गोविन्द कोइराला , नेपाल जेसिस वर्ष २०२४ का उपाध्यक्ष सीता भण्डारी , वीरेन्द्रनगर जेसिस का अध्यक्ष हिक्मत सापकोटा , Optimist Club Of Surkhet का अध्यक्ष राजकुमार सिजापति लगायत ले सूचनाको हक को महत्व र यसको प्रयोग गर्ने तौर तरिका बारेमा आफ्ना भनाइ हरु राख्नु भएको थियो ।



कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेत , नेपाल रेडक्रस सोसाइटी उपशाखा ५/६ वीरेन्द्रनगर , युवा रेडक्रस सर्कल जन नमूना मावि र Law जानौं ले सहकार्य गरेका थिए भने Grace International Education ले सहयोग गरेको थियो। 

 कार्यक्रम सञ्चालन वीरेन्द्रनगर जुनियर जेसिस वर्ष २०२३ का अध्यक्ष रूपबहादुर बुढा क्षेत्रीले गर्नुभएको थियो। कार्यक्रमका सभापति वीरेन्द्रनगर जुनियर जेसिस २०२४ का अध्यक्ष शंकर आचार्यले बोल्दै सूचनाको हक सम्पूर्ण क्षेत्र भेग र सम्पूर्ण व्यक्तिका लागि आवश्यकता भएकाले यस्ता सूचना हक सम्बन्धी विभिन्न कार्यक्रम आगामी दिनमा गरिरहने र सरकारलाई विभिन्न निकायलाई सूचना अधिकार सम्बन्धी हक माग्नका निम्ति पनि सबैलाई हौसला र सबैलाई अभिवृद्धि गर्ने ज्ञान र चेतना दिनुपर्ने कुरा जानकारी दिँदै कार्यक्रम समापन गर्नुभएको थियो।

Post a Comment

Previous Post Next Post