नेपालमा दलित महिला र किशोरीको मानवअधिकार पवद्र्धन गर्ने

सुर्खेत : दलित महिला संघ सुर्खेतले संचालन गरेको नेपालमा दलित महिला र किशोरीको मानवअधिकार पवद्र्धन परियोजनाबाट १८ जना विपन्न महिला रोजगारीमूलक काम गरी स्वरोजगार बनेका ३० जना दलित अगुवा महिला अभियन्ता तयार भएका छन् । 

परियोजना सम्बन्धी मिडियाकर्मीहरु संग अन्तरक्रिया कार्यक्रम गर्दै दलित महिला संघले सो जानकारी दिएको हो । संस्थाले सुर्खेतको वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा सो कार्यक्रम संचालन गरेको थियो । ती दुई पालिकामा २० वटा दलित महिला समूह गठन गरिएको थियो । जसमा ५०० दलित महिला प्रत्यक्ष संलग्न रहेका थिए । 

समुदायमा आयआर्जनका साथै कुरीति विरुद्ध जनचेतना जगाउन २५ जना दलित महिला अगुवा अभियन्ता तयार गरी विभिन्न तालिमसमेत दिइसकेको छ । २० जना उद्यम गर्न आर्थिक सहयोग प्रदान गरिएको छभने खुद्रा पसल, बाख्रा पालन, तरकारी खेती, नास्त पसललगायत गरी १८ जना महिला स्वरोजगार बनेको संघको प्रतिवेदनमा उल्लेख छ । परियोजना संयोजक खगिसरा वलीले परियोजनाले दलित तथा विपन्न महिलाहरुलाई आय आर्जन सम्वन्धी व्यवसायिक सीप प्रदान गरिएको, बीऊ पुँजी प्रदान गरिएको, दलित महिलाहरु विभिन्न सामाजिक संघसंस्थाहरुमा पहुँच बढाउन सहयोग पुगेको जानकारी दिए।  

कार्यक्रममा दलित महिला संघ सुर्खेतका अध्यक्ष मञ्जु सुनारले महिलाहरुको सामाजिक न्याय तथा विकास प्रक्रियामा दलित महिलाको पहुँच अभिवृद्धिका लागि मिडियाकर्मीको भुमिका ठुलो हुने बताएकी छिन ।  दलित तथा विपन्न महिलाहरुको सशक्तिकरण बनाउनुपर्नेमा जोड दिएकी हुन । दलित महिला संघले अहिले सुर्खेत, बर्दिया,मकवानपुर,कैलाली,दाँन्ग,मोरग गरि ६ जिल्लामा काम गरेको छ । विभेदका घटनाहरु बल्झि रहेकाले यस्ता घटनाको अन्त्ते गर्न जरुरी रहेको बताइन् । 

Post a Comment

Previous Post Next Post