प्रदेश अस्पतालमा ५१ वटा स्पाइनलको सफल अप्रेशन

सुर्खेत : प्रदेश अस्पताल सुर्खेतले जटिल प्रकृतिको उपचार मानिने स्पानल इन्जुरी ९मेरुदण्डको अप्रेशन०को सफल अप्रेशन गरिएको छ । अस्पतालमा हालसम्म ५१ वटा स्पानल इन्जुरीको सफल अप्रेशन गरेको प्रदेश अस्पताल सुर्खेतका अर्थोपेडिक विभागका प्रमुख डाक्टर शुभ श्रेष्ठले जानकारी दिए । ‘स्पानल इन्जुरीको अप्रेशन जटिल प्रकृतिको उपचार सेवा मध्येको एक हो’ डाक्टर श्रेष्ठले भने, ‘प्रदेश अस्पतालमा पनि हामीले उपचार सेवा दिँदै आएका छौँ ।’ तीन वर्षदेखि अस्पतालमा स्पानल इन्जुरीको अप्रेशन हुँदै आएको छ । 

सुर्खेतमै स्पानल इन्जुरीको अप्रेशन सुरु गरेपछि ढाँड भाँचिएका कर्णालीका विरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको डाक्टर श्रेष्ठले बताए । महंगो र जटिल प्रकृतिको समस्या भएकै कारण ढाँडको अप्रेशन गर्ने विरामीका लागि अस्पतालले ‘विपन्न नागरिक औषधि उपचार कोष’ सञ्चालन गरेको छ । २०७९ असारदेखि सञ्चालनमा आएको यही कोषबाट स्पानल इन्जुरीको अप्रेशन गरेका विरामीलाई एक लाख बराबरको औषधि उपचार सेवा पाउँदै आएका छन् ।

आर्थिक अभावमा कुनै पनि विरामी उपचारबाट बन्चित नहोस् भन्ने उद्देश्यले अस्पतालले विपन्न नागरिक औषधि उपचार कोष सञ्चालन गर्दै आएको छ । पछिल्लो समयमा प्रदेश अस्पतालमा ठूला र जटिल प्रकृतिका उपचार सेवाहरु सञ्चालन हुँदै आएका छन् । हाल कार्यरत टिममा डा. शुभ श्रेष्ठ, डा. पदम गिरी, डा.रविन केसी, डा.तेजेन्द्र साउद, डा. किशोर कुमार विष्ट, डा. हिक्मत भण्डारीसहित ६ जना रहेका छन ।

Post a Comment

Previous Post Next Post