सुर्खेत :कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले फोटोका माध्यमबाट कर्णालीको पर्यटनको चिनारी दिनुपर्ने बताएका छन । उनले कर्णाली थाहा नपाउनेहरु पनि भएको हुँदा उनीहरुलाई फोटो, भिडियोका माध्यमबाट कर्णालीको सुन्दरताले परिचित गराउनुपर्ने जनाएका छन ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल फोटो पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा प्रदेश समितिको समन्वयमा सोमवारदेखि सुखेृतमा आयोजित प्रेस फोटो आचारसंहिता, प्रेस फोटोग्राफी तथा ड्रोन उडान तालिमको उद्घाटन गर्दै मन्त्री जिसीले फोटोले समाचारमा जीवनपनि दिने हुँदा मन्त्रालयले सहयोग गरेको बताए । गुणस्तरीय फोटो र भिडियोका माध्यमबाट कर्णालीको प्रचारप्रसार गर्न पनि उनले फोटो पत्रकारहरुलाई सुझाव दिए ।
मन्त्री जिसीले फोटो पत्रकाहरुको व्यवसायिक दक्षता बृद्धि गर्नका लागि यसपटक मन्त्रालयले फोटो पत्रकार महासंघसँग सहकार्य गरी क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको बताउ । साथै उनले तालिमबाट अधिक लाभ लिन पनि आग्रह गरेका छन।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले फोटो पत्रकारहरुलाई प्रेस फोटो आचारसंहिता आवश्यक पर्दै गएको बताए । उनले यस तालिमले आचारसंहितावारे जानकारी दिइने उल्लेख गरे। पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले पछिल्लो समय प्रदेश राजधानीमा विट पत्रकारिताको क्षमता अभिृवृद्धि गर्ने काम भइरहेकोमा खुशी व्यक्त गरे । मन्त्रालयका उपसचिव निधिराज न्यौपानेले फोटो पत्रकारहरुको लागि तालिम प्रभावकारी हुने बताए । तालिममा कर्णाली प्रदेशका विभिन्न जिल्लाका फोटो पत्रकार एवं ड्रोन क्यामरा संचालन गर्ने करिव ३० जना पत्रकारहरुको सहभागिता रहेको छभने तालिममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहित फोटो पत्रकार महासंघका सल्लाकार ध्रुव आले, बरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठलगायतले प्रशिक्षण दिइने महासंघका केन्द्रीय बरिष्ठ सचिव हरिहरसिंह राठौरले जानकारी दिए ।
Post a Comment