सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा रहेको शुभ होटल लगातार तेस्रो पटक खाध्य स्वचछता स्तरमा अतिउत्तम वर्गमा प्रमाणीकरण भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको अनुगमन टोलीले होटलको किचेनको स्थलगत अनुगमन गरेर अतिउत्तम स्तर निर्धारण गरी प्रमाणपत्र दिएको हो ।
उधोग ,पर्यटन ,वन तथा वातावरण मन्त्री कृण्ण विसी , खाद्य प्रविधि तथ गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेष बहादुर थापा सहित खाद्य प्राबिधिक, स्थानिय प्रहरी प्रशासन, उपभोक्ता मंच , नगरपालिकाका प्रतिनिधि सहितको टोलीले शुभ होटेलमा खाना तयार पार्दा पालना अपनाएका स्वच्छताका मापडन्डहरुको अनुगमन गरेर अतिउत्तम स्तर निर्धारण गरेको होटेलका प्रबन्धक दमन शाहले बताएका छन् ।
नेपाल सरकार कृषि मन्त्रालयले खाद्य स्वच्छताका आधारमा होटेल , रेष्टुरेन्ट स्तरिकण गर्नका लागि २०७४ मा जारी गरेको निर्देशिका अनुसार अनुगमन टोलीले होटलको अनुगमन गरेको थियो । खाद्य स्वच्छतामा स्तरिकणका लागि किचेनको सरसफाई र फोहर ब्यस्थापन, किचेनमा खाद्य सामाग्रीको रुपमा प्रयोग हुने खाद्यान्नको उत्पादन भएको, खरिद गरेर ल्याएको र म्याद समाप्त हुने मिति अपडेट भए नभएको , खाद्य सामाग्रीहरु ताजा र बिषादी रहित भए नभएको , खानाका परिकारहरु तयार भए पछि ती खानेकुराहरुलाई तापक्रम निर्धारण गरेर राखे नराखेको , फ्रिज चिलेरहरुको तापक्रम मेन्टेन भए नभएको लगायत ५० वटा सुचांकहरु राखिएको छ ।
Post a Comment