सुर्खेत : मानवअधिकार तथा शान्ति समाज सुर्खेत शाखाले एनसेल घोटाला बिरुद्ध बिहिवार वीरेन्द्रनगरमा प्रदर्शन गरेको छ। एनसेल महाघोटाला प्रकरणः ले देशलाई झण्डै तिन खरव हानि पुर्याउने चलखेल राज्य बिरुद्धको अपराध भएको भन्दै विश्वसनिय छानविन आयोग गठन गर्न सरकारसंग माग गरि एनसेल घोटाला बिरुद्ध प्रदर्शन गरेको हो ।
एनसेल महाघोटालमा संग्सग्न प्रधानमन्त्रि, पुर्व प्रधानमन्त्रि जो कोही होस कानुन संमत कार्वाहिको माग गरिएको ब्यानर प्रदर्शन गरेको छ । शान्ति समाजका कर्णाली प्रदेश सचिव प्रकाश शाहीले एनसेल महाघोटालामा स्वयं राज्यनै संलग्न रहेको आशंका व्यक्त गरेका छन।
एनसेल महाघोटालाका बारेमा प्रधानमन्त्रि पुष्प कमल दाहाल प्रचण्ड गम्भिर नदेखिनु र प्रधानमन्त्रिका अभिव्यक्तिले पनि राज्य करछली जस्तो अपराधमा संलग्नलाई संरक्षण गरिरेहेको जिकिर गरेका छन । एनसेल महाकाण्डका बिभिन्न प्लेकार्डहरु प्रदर्शन गरिएको शान्ति समाजका सभापति प्रेम भण्डारीले जानकारी दिए । एनसेल महाघोटाला बिरुद्ध निरन्तर खवरदारी र प्रदर्शन रहने र सवैले जागरुक भएर साथ दिन सभापति भण्डारीले आग्रह गरेका छन। मानवअधिकार तथा शान्ति समाजले एनसेल काण्ड बिरुद्ध चरण बद्ध र देश व्यापि रुपमा प्रदर्शन समेत गरिएको छ ।
Post a Comment