कर्णालीको उत्थानमा योगदान गर्ने प्रस्ताव पारित

सुर्खेत : मानवअधिकार तथा शान्ति समाजले कर्णालीको उत्थानमा योगदान गर्ने प्रस्ताव पारित गरेको छ। विरगंजमा शनिबार २६औॅ राष्ट्यि परिसद वैठकले कर्णालीको समग्र विकास र समृद्धिका लागि कर्णाली उत्थानमा योगदान गर्ने प्रस्ताव पारित गरेको मानवअधिकार तथा शान्ति समाज कर्णाली प्रदेश सचिव प्रकाश शाहीले जानकारी दिए ।

नेपालको कूल क्षेत्रफलको झण्डै १९ प्रतिशत क्षेत्रफल ओगटेको र १६ लाख भन्दा बढी  जनसंख्या रहेको कर्णाली प्रदेशमा जलस्रोत, जडिबुटी, प्राकृतिक संसाधन र पर्यटनको प्रचुर संभावना भएता पनि विकट कर्णाली क्षेत्रका नागरिकहरुको आर्थिक, सामाजिक अवस्था दैनीय भएको भन्दै समाजले अब कर्णाली उत्थानमा योगदान गर्नका लागि प्रस्ताव पारित गरेको हो ।


यस्तै कर्णालीमा चार प्रतिशत बालबालिकाहरु शिक्षाको अधिकारबाट बञ्चित भएको र अहिले पनि कक्षा १० मा ५० प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित हुनु परेको तथ्यलाई समेत यो प्रस्तावले समेट्नेगरी उत्थानमा लाग्ने बैंकको निष्कर्ष निकालेको छ ।

हुम्ला, डोल्पा, मुगु जुम्ला लगायत विकट हिमाली जिल्ला सदरमुकाममा हवाई यातायात छ तर नेपालको तुलनामा हवाई भाडा अत्याधिक महंगो भएको जनाए । कर्णालीको दुर दराजमा अझै पनि स्वास्थ्य सेवा उपलब्ध नभएको उनले जानकारी दिए । यसैगरी कर्णालीका ६० प्रतिशत भन्दा बढी वस्तीहरु विभिन्न प्रकोपको जोखिममा भएको प्रदेश सचिव शाहीले जानकारी दिए ।

मानव अधिकार तथा शान्ति समाजको २६ औँ राष्ट्रिय परिषद् बैठक कर्णालीको उत्थानमा योगदान गर्न र विकास निर्माणका दृष्टिले कर्णालीलाई नमुना बनाउन सम्वद्ध सबैलाई आग्रह गरेका छन् । 

यस्ता छन् पारित प्रस्तावहरु

१ सडक सञ्जालका रुपमा कर्णाली करिडोरले शिघ्र पूर्णता पाउनुपर्छ । कर्णाली करिडोरलाई उत्तर चीन सिमाना र दक्षिण भारत सिमानासँग जोड्नुपर्छ । 

२ कर्णालीमा हवाई सञ्जाल विस्तार गर्नुपर्छ र हवाई भाडा सस्तो हुनुपर्छ ।

३ कर्णालीमा रोपवे अर्थात रज्जुमार्गको विकास र विस्तार गर्नुपर्छ ।

४ कर्णालीमा जडिबुटी प्रशोधन लगायत औषधी कारखानाहरु स्थापना गर्नुपर्छ । 

५ कर्णालीको जलस्रोतको समुचित सदुपयोग गर्नुपर्छ । 

६ जैविक विविधताको संरक्षण सदैव उच्च प्राथमिकता हुनुपर्छ । वातावरणमैत्री नीति अवलम्व गर्नुपर्छ । रेडपाण्डा लगायत दुर्लभ, लोपोन्मुख जीव र बहुमुल्य जडिबुटीहरुको संरक्षणका लागि तीनै तहको सरकारले विशेष कार्ययोजना लागू गर्नुपर्दछ । विभिन्न खाले प्रकोपमा रहेका बस्तीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्छ । प्रकोप जोखिम न्युन भएको सुनिश्चित गरेर मात्र नयाँ बस्ती विकास गर्नुपर्छ ।

७ विकट कर्णालीमा गुणस्तरीय शिक्षाको विकास र विस्तारका लागि विशेष कार्ययोजना लागू गर्नुपर्छ । नेपालका नाम चलेका शैक्षिक प्रतिष्ठानहरुले कर्णालीको शिक्षामा समेत योगदान गर्नुपर्छ । त्यसका लागि निश्चित विद्यालयसँग सहकार्यको परम्परा विकास गर्नुपर्छ । सरकारसँगको साझेदारीमा शैक्षिक प्रतिष्ठानहरुको स्थापना र विस्तारलाई बढावा दिनुपर्छ । 

८ विकट कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवाका लागि विशेष कार्ययोजना लागू गर्नुपर्छ । नेपालका नाम चलेका स्वास्थ्य प्रतिष्ठानहरुले कर्णालीको स्वास्थ्यमा समेत योगदान गर्नुपर्छ ।

९ नेपालका महानगरपालिकाहरुले  विकट कर्णालीको विकासमा समेत निश्चित मात्रामा सहयोग गर्नुपर्छ । 

१० विकट कर्णालीका नागरिकको मानवोचित जीवन यापन र समग्र कर्णालीको उत्थानका लागि सबै क्षेत्रबाट नमुना सहयोग गर्नुपर्छ ।


Post a Comment

Previous Post Next Post