सुर्खेत : कर्णालीका सामाजिक विकास मन्त्री खडक बहादुर पोखरेलले कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुदलाई सफल बनाउन सबैले एकजुट भएर लाग्नुपर्ने बताएका छन । कर्णालीमा खेल मैदान तयार गर्नुपर्ने कामहरू रहेको तिव्रगतिमा भएको बताएका हुन । मन्त्री पोखरेलले भने, १० जिल्लामा कुन खेल कहाँ गर्ने कहाँ राम्रो हुन्छ भन्ने तयारी भइरहेको छ । १० औं खेलकुदका लागि आर्थिक अभाव अझै भएकाले जुटाउन लागिरहेको पोखरेलले बताए । खेलकुद क्षेत्रमा कलम चलाएर खेललाई अघि बढाउन अनुरोध गरेका छन ।
खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र संजालले खेलकुदका समाचार प्रकाशन गर्दा सानो सानो समाचारले पनि धेरै नै ठुलो महत्व दिनुको साथै खेलकुदका विषयहरु समावेश गर्न सकिने बताएका छन । कर्णालीमा विट पत्रकारिता नभए पनि अबको खेलकुदका समाचारले पत्रकारितामा थप प्रेरणा दिने बताएका छन । कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको समाचार सम्प्रेषण सँगै अन्य खेलकुदका गतिविधिलाई आफ्ना मिडिया मार्फत प्राथमिकता दिने अपेक्षा राखेको बताए । सदस्य सचिव संञ्जालका अनुसार कर्णालीमा पत्रकारको क्षमता वृद्धिका लागि यस्ता खालका तालिमको आयोजना हुनुपर्ने बताएका छन ।
खेलकुद पत्रकारिता तालिमको प्रशिक्षकमा पवन आचार्य , प्रकाश तिमल्सिना, भानु अधिकार र सुवाश हुमागाई गरिरहका छन् । तालिममा वीरेन्द्रनगरमा रहेका सम्पूर्ण पत्रकारहरु उपस्थिति रहेको छ । उक्त तालिम कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले पत्रकारलाई खेलकुद पत्रकारिता सम्बन्धी २ दिने तालिमको आयोजना गरेको हो ।
Post a Comment