सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। नेपाल भलिबल सङ्घको आयोजनामा पुस २० देखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा उक्त आयोजनामा कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापन रहेको छ। नेपाल भलिबल सङ्घको संखुवासभामा भएको अधिवेशनले प्रतियोगिता सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको थियो। सोही अनुसार सुर्खेतमा राष्ट्रिय भलिबल आयोजना गरिएको कर्णाली प्रदेश भलिबल सङ्घले जानकारी दिएको छ ।
यो खेलबाट नेपालको लागि राष्ट्रिय टिम छनोट हुने जनाइएको छ । खेलाडीको गाँस र बासको व्यवस्थापन प्रदेश भलिबल सङ्घले गर्ने बताइएको छ। खेलका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ।
Post a Comment