दैलेखमा राउटे बालिकाको मृत्यु

 सुर्खेत :  दैलेखमा राउटे समुदायकी एक बालिकाको मृत्यु भएको छ । दैलेखको भैरवी गाउँपालिकामा बस्दै आएको राउटे समुदायकी एक बालिकाको बिहीबार राती मृत्यु भएको हो ।

मृत्यु भएकी बालिका हरिबहादुर शाहीकी १२ बर्सिया छोरी दुर्गा शाही हुन् । मृतक बालिका एक महिनाअघि देखि बिरामीले थलिएकी थिइन् । एक महिनादेखि बिरामी उनको आँखा पहेँलो थियो ।

राउटे समुदायमा काम गर्दै आएका सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीका अनुसार खानपिनमा ध्यान नदिइ माघे संक्रातिमा खानपिन गर्दा बिरामले थप च्याप्यो । जसका कारण गए राति बालिकाको मृत्यु भएको उनले बताए।

मान्छेको मृत्यु भएपछि यो समुदाय बसिरहेको ठाउँ सर्ने गर्दछ । हाल दैलेखको भैरवी गाउँपालिकामा बस्दै आएको राउटे समुदाय बालिकाको मृत्यु भएसँगै शुक्रवार चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ सुईयातडामा बसाई सरेका छन्।

दुई वर्ष यतादेखि राउटेको जनसङ्ख्या घट्दै गएको छ । लोपोन्मुख राउटे समुदायको जनसङ्ख्या प्रत्येक वर्ष घट्दै गइरहेको छ। बिहीबार राती पुनः एक बालिकाको मृत्यु भएसँगै राउटे समुदायको जनसङ्ख्या अब १३७ कायम रहेको छ ।


Post a Comment

Previous Post Next Post