सुर्खेत : उपप्रधान एवम् रक्षा मन्त्री पूर्ण बहादुर खड्काले कर्णाली प्रदेशलाई बनाउन समझदारी हुनु पर्ने बताएका छन । शुक्रबार देखि वीरेन्द्रनगरमा सुरु भए भएको ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै मन्त्री खड्काले जनताको साथ लिएर सम्पूर्ण तागत प्रयोग गरेर राजनीतिक कर्मीहरुबिच एकताबद्ध भएर विकासको गतिलाई अगाडि बढाउन आवश्यक रहेको बताइएको हो ।
’नेतृत्व लिने कुरा महत्वपूर्ण होइन। हाम्रा विगत जनताको माझमा छ ।’ उनले भने, ’कमजोरीलाई स्वीकारेर नयाँ संकल्प र विश्वासका साथ राजनीतिक आस्था फरक फरक भएपनि प्रदेश बनाउनका लागि न्यूनतम समझदारी हुन पर्ने बताएका छन ।’
प्राथमिकतामा कुनै तलमाथि भएपनि कर्णालीको जलस्रोत उपयोग, सडक, मैदान, विकास निर्माणमा कुनै विवाद नभएको बताए ।
’जस्रोतको उपयोग गर्न लगिनिकर्ता सँग समझदारी भइरहेको बताएका छन । लगानीकर्ताको लागि बिक्री बजारको सुनिश्चितता हुनेगरी काम भएका छन्। यसले उन्नति प्रगतिको विश्वास लिइएको छ ।’ उनले भने, दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको कर्णालीमा यसका लागि सबै एकताबद्ध भएर सम्पन्न हुनुपर्ने धारणा व्यक्त गरेका छन ।
खेलकुदका अन्य सम्भावनालाई पनि उजागर गर्नुपर्ने बताएका छन । उनले रंगशाला निर्माण हुनु संघीय सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरेका छन । खेल सम्बन्धी भौतिक निर्माणका लागि सङ्घीय सरकारले बजेट व्यवस्थापन गर्ने बताए छन ।
खेल मैदान बनाउन सरकारहरू लाग्न पर्दछ । त्यसका लागि सङ्घीय सरकारका तर्फबाट प्रतिबद्धता समेत जनाएका छन ।
३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता भएको कर्णाली प्रदेश भलिबल संघ कर्णालीका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए ।
कर्णालीमा हुने खेलबाट नेपालको लागि राष्ट्रिय टिममा छनोट हुने छन । खेलाडीहरुको आउने जाने, खाने बस्ने व्यवस्थापन संघले गरेको छ । एक टिमबाट १२ जना खेलाडी सहित १५ जना गरेर १० टिमबाट कर्णालीमा १ सय ५० जना खेलाडीहरु आएका छन ।
यसअघि २०५५ सालमा सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता भएको थियो ।
Post a Comment