सुर्खेत : दुल्लु नगरालिकाको आयोजनामा आधारभुत तहको स्थानीय पाठ्यक्रम हाम्रो संस्कृति हाम्रो परम्पराको प्रबोधिकारण तथा पाठ्यपुस्तक निर्माण कार्यशाला गोष्ठी संचालन भएको छ।
कार्यक्रमको प्रमुख अथिति कर्णाली प्रदेश सभा, सामाजिक विकास समितिको सभापति घनश्याम भन्डारीले संस्कार र संस्कृति बिनाको समुदायको कल्पना गर्न नसकिने भएकोले दुल्लुको जीवित संस्कृति बचाउन स्थानीय पाठ्यक्रमले महत्वपू्ण भूमिका खेल्ने बताए । प्रा.डा. मधुसूदन गिरीले नेपाली भाषा साहित्य, संस्कृति र इतिहासमा दुल्लुको महत्व र यसको संरक्षणमा स्थानीय पाठ्यक्रमको भूमिकाको बारेमा जानकारी दिएका छन ।
ओम रिजालले पाठ्यक्रमको महत्व र स्थानीय रुपमा पाठ्यक्रम लागू भएपछि देखिन सक्ने सम्भावित चुनौती र निराकरणको बारेमा र नारायण तिमिल्सेनाले पाठ्यक्रमको उद्देश्य, आवश्यकता र विषयवस्तुको विषयमा जानकारी गराएका छन् । कार्यक्रमको अध्यक्ष दुल्लु नगर पालिका उपप्रमुख बिना कार्कीले पालिका पाठ्यक्रम पूर्ण रुपमा लागू गर्ने यसले हाम्रो गौरव,इतिहास, संस्कार र संस्कृति संरक्षनमा स्थानीय पाठ्यक्रमले महत्वपू्ण भूमिका खेल्ने विश्वास लिएको बताए । कार्यक्रममा दुल्लु नगरपालिकाका ५४ आधारभूत र १४ माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । यस्तै पौंष २६ र २७ गते दुल्लु नगर पालिकाको हकमा सञ्चालन हुने भएको छ।
Post a Comment