२६औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस सम्पन्न

 सुर्खेत : २६औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०८० सम्पन्न भएको छ । नेपालको राष्ट्रिय भवन संहिता र मापदण्ड पालना गरी घरको नक्शा डिजाइन र निर्माण गरौं। स्थानीय श्रोत र प्रविधि समेत प्रयोग गरौं,भूकम्प थेग्ने संरचना बनाऔं। भन्ने मूल नाराका साथमा दुल्लु नगरपलिकामा २६औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस सम्पन्न भएको हो । 

पञ्चकोशी बहुप्राविधिक शिक्षालय  दुल्लु ८ को आयोजनामा भुकम्पिय जोखिम न्युनिकरण सचेतना सम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो । 

कार्यक्रममा भुकम्प र यसका जोखिमका विषयमा शिक्षालयका सिभिल र औद्योगिक प्रशिक्षआर्थिहरुको सहभागितामा भएको थियो  ।  कार्यक्रममा संयोजक ई.चन्द्र बहादुर खड्का,  दुल्लु नगरपालिकामा कार्यरत ई.सुर्य नेपाली , ई.बालकृष्ण  लम्साल मार्फत अभिमुखिकरण भएको शिक्षालयका श्यामसुन्दर गिरीले जानकरी दिए । 

यस कार्यक्रमले नँया बन्ने घरको लागि डीजाइन गर्न सजीलो  भएको विद्यार्थीहरुले जनाएका छन । पालिकाको समन्वयमा पुराना घरको प्रबलिकरण गर्न शिक्षालयले प्राविधिक सहयोग गर्ने डा.लोकेन्द्र खड्काले बताएका छन।

Post a Comment

Previous Post Next Post