सुर्खेत : कर्णाली प्रदेशमा भिजिट कर्णाली यातायात प्रा.लिले एसी हिटर लगजरी सिटसहितको स्कारपियो संचालनमा ल्याएको छ । नयाँ कम्पनी खडा गरेर समृद्ध कर्णालीको लागि पर्यटन, पर्यटनका लागि भिजिट कर्णाली भन्ने मुल नाराका साथ स्कारपियो सेवा सुरु गरेको हो ।
प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उद्देश्यसहित स्कारपियो गाडीहरु संचालनमा ल्याइएको प्रा.लीका अध्यक्ष प्रकाश कुमार शाहीले जानकारी दिए । यातायात प्रा.लिबारे आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ।
अध्यक्ष शाहीका अनुसार १ करोडको शेयर लगानीमा यातायात प्रा.लि संचालनमा ल्याइएको र अहिले १८ वटा स्कारपियो गाडीहरु रहेका छन्। ५२ लाखदेखि ६७ लाखसम्मका गाडीहरु रहेको उनले जानकारी दिए ।
विशेषगरी पर्यटकीय स्थलहरु मुगुको रारा, जुम्ला चन्दननाथ, कालिकोटको पचालझरना, दैलेख पंचकोशी, महावुधाम लगायतका प्रमुख पर्यटकीय स्थलहरुमा संचालन हुने गरी पर्यटक र यात्रुहरुलाई केन्द्रविन्दुमा राखिएको उनले बताए।
साथै अनलाइन टिकेट बुकिङ सेवा पनि तयारी भइरहेको छ । गाडीमा कर्णालीका प्रमुख पर्यटकीय स्थलहरूको तस्वीर तथा स्टिकरहरु टाँस गरिने छ, उनले भने, यसले प्रदेशको पर्यटनको प्रसार प्रचारमा पनि टेवा पुग्ने अपेक्षा राख्दछौँ।
सुर्खेत उपत्यकाभित्र यात्रुलाई स-शुल्क घरदैलो सेवा समेत दिइने छ भने जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकलाई भाडामा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको अध्यक्ष शाहीले बताए ।
Post a Comment