सुर्खेत : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० ले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित विद्यालयलाई ३५ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्याब्सनले भूकम्पबाट प्रभावित निजी क्षेत्रबाट सञ्चालित जाजरकोट र रुकुम पश्चिमका विद्यालयहरुलाई उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो । प्याब्सनका केन्द्रिय अध्यक्ष डिके ढुङगानाले ३५ लाख मध्ये २५ लाख निजी क्षेत्रबाट सञ्चालित विद्यालयलाई र १० लाख रुपैयाँ सामुदायिक विद्यालयलाई सहयोग गर्ने निर्णय गरेको बताएका छन ।
उनले सामाजिक उत्तरदायित्व अन्तर्गत निजीक्षेत्रबाट सञ्चालित विद्यालयलाई मात्र सहयोग गरेमा विभेद जस्तो देखिने भएकाले सामुदायिक विद्यालयलाई समेत प्याब्सनले सहयोग गर्ने निर्णय गरेको बताएका छन । भूकम्प प्रभावित जाजरकोट र रुकुम्प पश्चिममा निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुले अहिलेसम्म कुनैपनि प्रकारको सहयोग र राहत पाउन नसकेको प्रति उनले दुः व्यक्त गरेका छन ।
प्याब्सनको कर्णाली प्रदेश स्तरीय तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्न सुर्खेत आएका अध्यक्ष ढुङगाले देशको शैक्षिकस्तर माथि उकास्न सरकारले निजी र सामुदायिक दुबै क्षेत्रसँग हातेमालो गरी अगाडि बढ्न आवश्यक रहेको सुझाव दिए । उनले कर्णालीको भूगोल सुहाँउदो र आवश्यकतामा आधारित निजी क्षेत्रका विद्यालय मात्र होइन, विश्वविद्यालय नै स्थापना गर्न जरुरी रहेको बताएका छन।
Post a Comment