कर्णालीमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित

सुर्खेत : राष्ट्रियसभा कर्णाली प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । बिहीबार आएको मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएको सहायक निर्वाचन अधिकृत उज्वल रावलले जानकारी दिए ।

गठबन्धनबाट अन्यतर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा एकीकृत समाजवादी की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विक उम्मेदवार बनेका थिए ।

जसमा महिलातर्फ गठबन्धनबाट सावित्री मल्लले प्रदेशतर्फ २९ र स्थानीयतपर्फ १ सय १५ मत प्राप्त गरी विजयी हुँदा एमालेकी विमलाकुमारी शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गरिन् ।

यस्तै, दलिततर्फ गठबन्धनका विष्णु विकले प्रदेशसभामा २९ मत र स्थानीयतर्फ १ सय २० मत प्राप्त गरी विजयी भए । एमालेका हिक्मत विकले प्रदेशसभातर्फ ११ र स्थानीयतर्फ ३६ मत प्राप्त गरे ।

अन्यमा गठबन्धनका कृष्णबहादुर रोकायाले प्रदेशतर्फ ३० र स्थानीयतर्फ १२० मत प्राप्त गरी विजयी भए । एमालेका डिल्लीप्रसाद भट्टले प्रदेशमा १० र स्थानीयतर्फ ३६ मत पाएका थिए ।

Post a Comment

Previous Post Next Post