लेख्न मन लागिरहेछ । तर, के लेख्ने थाहा छैन । टुंगै छैन । अझ भनौं, लेख्दा लेख्दा पिउन मन पनि लाग्छ , लेख्दा नपिउने भन्ने कुराको त कुनै नामोनिसान छैन । अँ, रक्सी जस्तो चिज पिउने कुरा पनि होइन । चिया को कुरा गर्या ।
अब छुस्स यहाँ चिया कसरी आयो भन्नुहुन्छ भने यो मेरो मनपसन्द चिज हो । यद्यपि लत लाग्यो । लाग्यो त लाग्यो । मनै त हो । मन, चित्त, दिल, हृदय यावतयावत शाब्दिक छनोटको अध्ययनतर्फ लाग्दिन म । अब केही लेखौं ? म अनुमति माग्छु आफैँसँग । किनकी म औपचारिकताप्रेमी हुँ । अहँ चिया प्रेमी हुँ। तपाईं नि ? खैर ! छाड्नुस् ।
अँ त कुरा सुरु गरौँ क्यारे, च्या साउजी मसँग रिसाएको छ । मेरो मन साहुजी संग रिसाएको छ। ह्या ! उदारो खाएर नतिरे पछि साउजी रिसाउदैन त भन्न नहतारिनुस् । खाएपछि पैसा नतिर्ने कस्तो कूसंस्कारी पनि भनि नटोपल्नुस् । साहुजी र ग्राहकको सम्बन्ध यस्तै हुन्छ । यति भन्छु, चिया मेरो जिन्दगी हो ।
आज खासै चिसो पनि छैन्, घाम लागिरहे छ बाहिर। म तातो चिया सुरूप, फुउउउ, सुररररर सुरूप गर्देछु एक्लै सम्झिदै पुराना दिनहरू। हाहा । #Tea Lover , #च्याप्रेमी भन्दै Facebook,Insta,Tiktok मा पोस्ट गर्नेहरू कता छन् कुन्नी ?
मलाई कता कता छोडौं छोडौं लाग्छ, उ पनि यही भन्छ कि म चिया पिउन छोदिदिउ । चिया कि च्या ? आ ! जे सुकै होस् । म यसो सोच्छु, २०० रूपयाले मलाई एक दिन च्या पिउन पनि पुग्दैन । मतलब, दिनको दश पटक भन्दा बढी चिया चाहिन्छ मलाई । साथी सर्कल त्यस्तै भएर हो कि ? फेरी खाजा खाँदा नि चाहियो, पानी पर्दा नि चाहियो, कहिलेकाहीँ यसो रमाइलो गरेर आराम गर्दा नि चाहियो । अझ, प्राय: त खाना खाइसकेर भुँडीलाई
आराम दिँदै गर्दा पनि चाहिने । हाय जिन्दगी । यार, जिन्दगी यति चियामय किन छ ?
म कुनबेला चिया पसल पुगे, मलाई थाहा छैन । ए साउजी एक कप च्या पाउ त । च्या ल्याउछन साउजी र भन्छन अरू यो उमेरमा रक्सी पिउछन यो चिया ।म झोक्किदै उता हेर्छु, साहुजी भित्र तिर भाग्छन । एक्छिन सोच्छु म किन यति चिया प्रेमी छु ? यो जान्दा जाँदै कि दुध चियामा निकोटिन पाउछ जस्को काम लत बसाउने हो। लत हटाउन ‘निकोटिन प्याच’ प्रयोग गरौँ कि भन्ने पनि नसोचेको होइन । तर, मनको अगाडि दिमागको के काम ।
एकदिन भरीमा कति ताप सहँदो हो त्यो चिया छन्नीले कति स्वाद दिदो हो च्यापत्तिले ? साथीहरू भन्छन् –चियाको अन्तिम सुर्कि बबाल मिठो हुन्छ । कोहीलाई भने बाल लाग्दैन ।मलाई के लाग्छ थाहा छ मलाइ चिया जिन्दगि जस्तो लाग्छ, जसरी चिया को सुरूको एक चुस्कि लिदा तातो पोल्ने पटक्कै नमजाको, जसरी सानैमा रूदा,कराउदा,चकचक गर्दा बाबु अमालाइ नमज्जा लाग्थ्यो त्यस्तै दोस्रो तेस्रो चुस्किहरू विस्तारै मजा लाग्दो जसरी हामि ठुला हुदै,पढ्दै बढ्दै गर्दा बाबु अमालाइ पनि रमाइलो हेरि रहु लाग्ने जव चियाको अन्तिम अन्तिम चुस्कि मिठो हुदै जान्छ त्यसरी नै हाम्रो जीवन पनी त सकिदै जान्छ । चियाको अन्तिम चुस्कि खुव मिठो हुन्छ जसरी हामि सकिदा अफन्तले भन्छन विचरा कति राम्रो मान्छे थ्यो मुरेछ त्यसरि नै हामि साहुजी लाइ भन्छो मिठो च्या खुवाउनु भयो धन्यवाद कुन्नी ।साहुजी ले च्यालाइ जीवन संग दाजेको छ कि छैन । मलाई नै थाहा छैन । होस्, के लाग्छ भनेर सोचेर के टाउको दुखाइरहनु । कहिलेकाहीँ न्युट्रल बस्न अनुमति छ नि भो ।
प्राय: चिया पकाएर स्वाद सकिएको चियापत्तिलाइ स्वाद युक्त चियापत्तिमा नजाओस् भने पर राखिन्छन् । कति बिझ्दो हो त्यो एकान्तपन उसलाई । हामीलाई यो सम्म हेक्का रहँदैन कि एकदिन प्यार गर्नेहरूले नै एकाएक गर्न छोडे भने । अँगालोमा रहिरहेकाहरू एकाएक छुटिदा कस्तो होला ?
जुन दुध र पानीलाइ च्या बनाउन महत्वपूर्ण भुमिका खेल्ने चियापत्ति हो, त्यसको प्रयोग पछि त्यसलाइनै घृणा गर्नुपर्ने यो कस्तो तरिका हो ? कुन परिवारले सिकाएको संस्कार हो ? कुन आमाले दिएको आशीर्वाद हो ? कुन दिदीले प्रकट गरेको सहानुभूति हो ? कुन गुरुले देखाएको बाटो हो ? कुन शत्रुले दिएको श्राप हो ?
कसैले सोचेको छ, चिया वाट वाहिरिएका चियापत्तिहरूले कुनै दिन अपमान गरेको आरोपमा मानहानीको मुद्दा लगाईदिए भने ? या, आन्दोलनका लागि सडकमा उत्रिए भने ? उम्रीदै गरेका चिया,उम्री सकेका चिया, फल्दै गरेका चिया,बन्दै गरेका चियापत्ति,बनिसकेका कारखानाका,दोकानका,चिया पसलका ? सबका सब सिंहदरबारतिर हुर्रिए भने ? तपाईं हाम्रो के लाग्छ ?
यी सब अध्यारोका वकवास जस्तै लागे हैन अव सुन्नुहोस ।
चिनी कम, रङ कडा, दुध हालेको चिया मेरो फेभरेट हो । तपाईंको नि !
चियासँगको सम्बन्ध पनि चियाजस्तै मिठो छ । चिया माया, चिया सम्झना, चिया रहर, चिया रिस, चिया साथी ।मेरो समाज सेवा नै चिया गफ वाट सुरू भएको हो , चिया पाकिरहेको ताप्के अगाडी आत्महत्या,चिया पिउदै रविन्द्र दाइ संग बास नेपाल,चिया पिउदै वि.पि चोक पछाडी सक्रिय युवा क्लवको परिकल्पना,चिया पिउदै दैलेखका सक्रिय युवा क्लव स्थापना अहिले पनि प्राय योजना चिया गफमै बन्छन र पुरा पनि काम सकिएपछि एक कप चिया पिए पछि मात्र हुन्छन ।
घामले चर्को गरी मुखमा पोल्दा घाममै बसेरे चिया पिइरहेको रहेछु । यो लेख्दै गर्दा चिया सेलाएर चिसो भएछ स्वाठ्ठै पिउँछु । टाउको गह्रौ भएर सिलौटो जस्तै भाथ्यो । राम्रोसँग आँखा पनि नउघारी म कोठा तर्फ लाग्छु । जब हिजो साँझ ल्याएको चिया गिलासमै देख्छु तब छाँगाबाट खसेजस्तै हुन्छु । राति खाएको चिया ? आधा कप चिया ? हराएको आधा कप चिया ? दिमाग घुमीरहन्छ । जिन्दगी चलिरहन्छ
। जय होस् ।
Post a Comment