महिलाहरु सत्तामा आफ्नो नेतृत्व खोज्दै सडकमा


 

सुर्खेत । नेपालमा महिला आन्दालनको इतिहास लामो छ । थुप्रै महिलाहरुको आन्दोलनत्याग र तपस्याको कारणले नेपालको संविधानमा महिला अधिकारमहिला मैत्री नीति तथा कानुनहरु निर्माण भएपनि प्रभावकारी रुपमा महिलाले अनुभुती हुने गरी कार्यान्वयन् हुन् सकेको छैन् । 

नेपालको संविधानले महिलाको समानताअवसरअधिकार र अधिकारिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ। त्यसैलेसंविधानले महिलालाई राजनीतिकसामाजिकआर्थिक र सांस्कृतिक क्षेत्रमा प्रतिनिधित्वमा र पहुचमाबढी गराउने लक्ष्य राखेको हो 

नेपालमा महिलाको संख्यात्मक प्रतिनिधित्वलाई बढाउने प्रयासहरू भएका छन्तर अझै पनि अधिक सुधारका आवश्यकता छ । सामाजिकआर्थिकराजनीतिक र कानूनी क्षेत्रमा महिलाको सम्मानजनक रुपमा े प्रतिनिधित्व र सहभागिता गराउन सकिरहेको अवस्था छैन् ।

 

आम महिलाहरुलाई आफ्नो अधिकारका बारेमा जागरूक बनाउन, , समाजमा समानता र सम्मान जनक रुपमा हरेक तह तथा तप्कामा महिलाको सहभागिता सुनिश्चितता गर्नका लागि नेपालमा अनुपम अभियानको सुरुवाती गरेको पाइएको छ । 

यो अभियान अन्तरपुस्ता पुस्ता महिलाबादी मंचले सुरुवात गरेको हो हालसम्म यो अभियान पुर्व देखी पश्चिम सम्म बसयात्रा गरिसकेको छ भने सवै प्रदेशजिल्ला र पालिकाहरुमा गर्ने लक्ष्य भए अनुरुप आज कर्णाली प्रदेशमा यो अभियान गरिएको पाइएको छ । 

आजको यस कार्यक्रममा कर्णाली प्रदेशका महिला अभियान्ताहरुको सहभागिता भएको पाइएको थियो । 

कार्यक्रमको सहभागीआवाजको कार्यकारी निर्देशक श्री पवित्रा शाहीका अनुसार, “नेपालमा अव महिलाहरु नेतृत्व लिन सक्ने भएकाअव राजनीतिक क्षेत्रमा महिलाहरु अग्रसर भएर स्वयम् महिलाले नै नेतृत्व लिन सक्नुपर्छयो ग¥यो भने महिलाको राजनीतिक नेतृत्वमा बृद्धि हुनेछ

त्यसैगरी बाल विवाह विरुद्ध साझा अभियान संजाल सुर्खेतकोश्री संगिता वलीले नेतृत्वमा महिला नहुदाअंझैपनि महिलाले हिंसा सहनुपरेकोअवसरबाट बञ्चित हुनुपरेको र आफ्नो अधिकार के हो भनेर बुझ्न नसकेकोले यो 

अभियानले महिलालाई ससक्त बनाउन सहयोग पु¥याउने कुराबताएकि थिइन् त्यसैगरी दलित महिला अभियान्तापुष्पा नेपालीले सवै वर्गक्षेत्र र राजनीतिक आस्ता भएका महिला एकजुट हुनेसवै महिला राजनीतिमा जानेमहिलाहरु राजनीतिक आस्थाबाट माथी उठ्ने र सत्तामा २०८४ को चुनावबाट ५० प्रतिशत भन्दा बढि महिलको सिट सुनिश्चितता गर्नैपर्ने यसका लागि आफु तयार रहेकोजानकारी दिएकीछिन् 
कालिकोटको युवा महिला  अभियान्ता विपना अधिकारीले कर्णालीमा छोरा  छोरीमा अंझैपनि विभेदरहेको यसलाई रोक्न हामी यो अभियान प्रत्येक जिल्ला र पालिकामा गर्ने छौंजसले सवै महिलालाई जागरुप र एकठाउमा ल्याउन सहयोग पु¥याउने छ,” भनेर बताएकी छिन् । 

अपा¨ता भएकी  महिला अभियान्ता तुलसी बुढाले नेतृत्वतहमा अपा¨ता महिलालाई अवसर सृजना गर्न सवै महिलाको साथ र सहयोग आवश्यक रहेको छ । हामी अन्य सामान्य महिला भन्दा बढि जोखिमा रहेको र अवसरबाट बञ्चित भएका कुरा बताएकी छिन्  यो देशव्यापि महिलाबादी अनुपम अभियान एउटा न्यायिक र समतामुलक समाज बनाउ सहयोग पु¥याउनका लागि सुरुवात गरिएको पाइएको छ । अन्तरपुस्ता महिला बादी मंचकी प्रतिनिधी इरादा गौतमज्युको नेतृत्वमा यो अभियान गरिएको हो । यो अभियानसुर्खेतको मंगलगढी देखी पिपल चौतारासम्म ¥याली गरे पश्चात साथ पिपल चौतारामा कोणसभा गरी सम्पन्न भएको थियो ।  

आगामी चुनावमा महिलाहरुलाई सवै राजनीतिक दलले स्थान दिने उम्मेद्धार बनाउने हो भने महिलाको नेतृत्व तहमा सहभागिमा बृद्धि हुने र समानतामुलक नेपाल निर्माण गर्न सकिने देखिन्छ ।

Post a Comment

Previous Post Next Post